+
+
Shares

रामपुर नगरपालिकाका किसानलाई सहुलियतमा धानको बीउ

रासस रासस
२०८२ जेठ १७ गते १७:४३

१७ जेठ, पाल्पा।  सहुलियतमा धानको बीउ पाएपछि पाल्पा रामपुर नगरपालिकाका किसानलाई राहत मिलेको छ । कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले सावित्री १४ हजार दुई सय ९८ किलोग्राम, साँवामन्सुली छ हजार चार सय किलो र रामधानको एक हजार तीन सय किलो बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको जानकारी दिए ।

नगरपालिकाले अग्रिम सूचना जारी गरी किसानको मागका आधारमा सात सय १५ किसानलाई २१ हजार नौ सय ९८ किलो बीउ उपलब्ध गराइएको गैरेले बताए ।

नगरप्रमुख रमणबहादुर थापाले कृषि उत्पादन बढाउन धान, मकै र गहुँलगायत बालीमा अनुदानका कार्यक्रम अगाडि बढाइएको जानकारी दिए । रामपुर उर्बरभूमि रहेकाले नगरपालिकाले कृषि उत्पादन वृद्धि गरेर आत्मनिर्भर बनाउन उत्पादनमूलक कार्यक्रम, विभिन्न उपकरण वितरण, तालिम, गोष्ठी जस्ता कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।

यसरी अनुदानमा बीउ पाएपछि बजारबाट महँगो मूल्यमा धानको बीउ खरिद गर्नुपर्ने बाध्यता टरेको रामपुर–६ का विजयपुरका ओमप्रकाश रेग्मीले बताए । नगरपालिकाले ५० प्रतिशत अनुदानमा सावित्रीप्रति किलो रु ३४, रामधानर साँवामन्सुलीप्रति किलो रु ३७ का दरले उपलब्ध गराएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?