
News Summary
Generated by OK AI. Editorially reviewed.- गायक सुशील विश्वकर्माले नेपाल आएको समयमा दुई गीत रेकर्ड गरी विमोचन गरे।
- गीतको भिडियोमा अभिनेता यशराज गराच र सुस्मिता बुढाथोकीको अभिनय छ।
- कार्यक्रममा संगीतकार दीपक जंगमले निरन्तरता दिन सुझाव दिए।
काठमाडौं । केही समयदेखि अमेरिका बस्दै आएका गायक तथा संगीतकार सुशील विश्वकर्माले नेपाल आएको बेला दुईवटा गीत रेकर्ड गरेर एकसाथ दर्शकमाझ ल्याएका छन् । वरिष्ठ गायिका मीरा राणा र वरिष्ठ संगीतकार दीपक जंगमले पोस्टर सार्वजनिक गर्दै गीतको विमोचन गरे ।
कार्यक्रममा विश्वकर्माका दुई गीत ‘पछ्यौरीको छेउ’ र ‘भुतुक्क भएँ नी’ को भिडियो पनि सार्वजनिक गरियो । भिडियोलाई गायक एवम् संगीतकार सुशीलले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका छन् ।
‘भुतुक्कै भएँ नि’मा राजेश गुरुङको रचना र महेश थुलुङको स्वर र छ । रोमाञ्चक भावको गीतको भिडियोमा अभिनेता यशराज गराच र सुस्मिता बुढाथोकीको अभिनय छ ।
अर्को गीत ‘पछ्यौरीको छेउमा’मा विश्वकर्माकै स्वर छ । यो गीतको गायनमा बीबी अनुरागीले साथ दिएका छन् । हेमन्त विवशले लेखेका हुन् । नदी किनारमा गिट्टी कुटेर जीवनयापन गरिरहेका मजदुरको ब्यथामा आधारित छ । भिडियोमा गोविन्द प्रभात, निरु खडका, कृष्ण रसाल, रोशन श्रेष्ठ, श्रेया नापितले अभिनय गरेका छन् ।
दुबै गीतको भिडियोलाई कृष्ण रसालले निर्देशन, केशव कोइरालाले नृत्य निर्देशन, राजेन्द्र पाण्डेले छायांकन एवम् सम्पादन गरेका हुन् । कार्यक्रममा बोल्दै निर्देशक रसालले दुई शैलीका गीतको निर्देशन गर्दा फरक अनुभव भएको बताए ।
४ दशकदेखि गायन, संगीत र बाँसुरी वादनमा क्रियाशील रहँदै आएका सुशीलले यसपटक राम्रो गीत गाएको पनि उनले बताए । आफू अमेरिकामा रहँदै आए पनि त्यहाँ रहेका नेपालीको नयाँ पुस्तालाई गीतसंगीत सिकाउँदै आएको बताए ।
गायिका राणाले रेडियो नेपालमा समूहमा गीत गाउने गरेका सुशीलले एकलरुपमा पनि यसपटक राम्रो गीत गाएको बताइन् । सुशीलको गायन पछिल्लो समय राम्रो हुँदै गएको पनि उनले जिकिर गरिन् । संगीत सृजनासँगै उनले सुशीललाई गाउन पनि सल्लाह दिइन् ।
संगीतकार जंगमले यस्ता संगीत सृजनालाई निरन्तरता दिन पनि सुझाव दिए ।
प्रतिक्रिया 4