
News Summary
Generated by OK AI. Editorially reviewed.- गणेश रसिकले आइतबार ७८ वर्षको उमेरमा अन्तिम सास लिएका छन्, उनी प्रोस्टेट क्यान्सरसँग जुधिरहेका थिए।
- उनले नेपाली गीतसङ्गीतको पहिलो र दोस्रो पुस्ताका प्रतिभालाई समेटेका छन्, उनका गीतमा माटोप्रतिको माया र देशभक्तिको भावना झल्कन्छ।
- उनका लोकप्रिय गीतहरूमा 'ओ याङ्जी नाना', 'रातो भाले क्वायँ क्वायँ', र 'उकालीमा एक्लै' समावेश छन्, जसले नेपाली समाजको विविधता र सौन्दर्य बोकेका छन्।
कुनैबेला रेडियोमा बरोबर बज्ने गथ्र्यो- ‘रातो भाले क्वायँ क्वायँ, सुत्केरीलाई ख्वाएँ, सुत्केरीको नाम गरी टाउको मैले खाएँ…’
उनै कालजयी गायक, संगीतकार र साहित्यकार गणेश रसिकले आइतबार ७८ वर्षको उमेरमा अन्तिम सास लिए । ५ वर्षदेखि प्रोस्टेट क्यान्सरसँग जुधिरहेका उनको निधनमा कलाप्रेमीले दुःख व्यक्त गरिरहेका छन् ।
नेपाली गीतसङ्गीतको पहिलो पुस्ता नातिकाजी, अमर गुरुङ, बच्चु कैलाश, नारायणगोपाल, गोपाल योञ्जन, तारादेवी र अरुणा लामापछिको दोस्रो पुस्ताको होनहार प्रतिभा हुन् रसिक ।
जीवनको उच्च मूल्य, प्राकृतिक छटा र सामाजिक परिवेशको सुन्दर वर्णन, स्थानियता र मधुर आवजमा माटोप्रतिको माया र देशभक्तिको भावना उनको गीत लेखन तथा गायनका मूल चरित्र हुन् ।
२०२४ साल श्रीपञ्चमीको दिन ‘लेकाली’ जन्मियो, जसमा हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, नविन किशोर, तीर्थ शेरचनलगायत रसिक पनि थिए । उनी ‘लेकाली’ भए । कवितालाई, नेपाली जनजीवनका कथालाई लेकालीले आफ्नो विषय बनाएको थियो । लेकाली समूहले क्यानाडामा समेत लेकाली संगीत पुर्याएका थिए, गुञ्जाएका थिए ।
विशेष गरि नेपाली आधुनिक र लोकपप संगीतमा गणेश रसिक जीवन्त छन् । यहाँ उनका शीर्ष १० गते प्रस्तुत गरिन्छ, जसले सिंगै नेपाली समाजको विविध कालखण्ड, सौन्दर्य र मीठासलाई बोकेका छन् । नयाँपुस्ताले पनि उनका यी गीतबाट धेरै प्रेरणा लिन सक्छ र रसिकलाई चिन्न सक्छ ।
१) ओ याङ्जी नाना
ग्रामीण नेपाली समाजको सौन्दर्य बोक्ने गीत ।
२) नुनजस्तो बिल्ने जिन्दगीलाई ढाक्रामा बोकेर
जीवनको अस्थायीपनको काब्यात्मक प्रतिविम्व
३) धेरै सम्झे धेरै हुन्छ
एउटा उदास धुन जसले चाहना र स्मृतिको गहिराइमा लैजान्छ ।
४) हाम्रो घरबाट ट्याम्के डाँडा
नेपालको रमणीय परिदृश्यको जीवन्त चित्रण गर्ने गीत ।
५) ओ शून्यता
शून्यता र आत्मनिरीक्षणका विषयवस्तुहरूको अन्वेषण गर्ने एउटा चिन्तनशील गीत
६) घरबेटी नानी आँगनीमा देऊ न मलाई बास
रमाइलो अन्तध्र्वनीसहितको गीत
७) नखेल्नु जुवा र तास
जुवाको खतराको बारेमा एउटा चेतावनीको कथा ।
८) रातो भाले क्वायँ क्वायँ
सांस्कृतिक उत्सव मनाउने जीवन्त गीत
९) मसँग एउटा तारा छ
गहिरो स्नेह र चाहना व्यक्त गर्ने रोमान्टिक गीत
१०) उकालीमा एक्लै
एकान्त र व्यक्तिगत यात्रालाई प्रतिबिम्बित गर्ने भावपूर्ण धुन ।
प्रतिक्रिया 4