+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विवेकशील साझा पार्टीका संस्थापक थापाको चौथो स्मृतिमा श्रद्धाञ्जली सभा

स्मृति सभामा विवेकशील साझा पार्टीकी महासचिव रन्जु दर्शना, अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, डा. बाबुराम भट्टराई, डिपी अर्याललगायतले थापाको योगदानबारे बोलेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १९:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विवेकशील साझा पार्टीले उज्वल थापाको चौथो स्मृति दिवसमा श्रद्धाञ्जली सभा आयोजना गरेकाे हाे।
  • सभा कार्यक्रममा नेताहरूले थापाको योगदान र वैकल्पिक राजनीतिमा उनको भूमिका स्मरण गरेका थिए।
  • थापाको २०७८ साल जेठ १८ गते ४४ वर्षको उमेरमा कोरोना संक्रमणका कारण निधन भएको थियो।

१९ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको चौथो स्मृति दिवसको सन्दर्भमा आइतबार काठमाडौं श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्ने थापाको २०७८ साल जेठ १८ गते ४४ वर्षको उमेरमा कोरोना संक्रमणका कारण निधन भएको थियो ।

आइतबार विवेकशील साझा पार्टीले ठमेलस्थित गोकर्ण हाउस रेष्टुरेन्टमा आयोजना गरेको श्रद्धाञ्जली सभामा पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डि.पी. अर्याल, नागरिक पहिलो अभियानका अभियन्ता डम्बर खतिवडालगायतले पुष्पगुच्छा अर्पण गरी थापाप्रति श्रद्धाञ्जली अर्पण गरे ।

स्मृति सभामा विवेकशील साझा पार्टीकी महासचिव रन्जु दर्शना, अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, डा. बाबुराम भट्टराई, डिपी अर्याललगायतले थापाको योगदानबारे बोलेका थिए ।

स्मृति सभामा बोल्दै डा. भट्टराईले उज्वल थापाले नेपालको वैकल्पिक राजनीतिमा पुर्‍याएको योगदान ऐतिहासिक रहेको बताउँदै उनको सोच र मार्गदर्शनले नयाँ पुस्तालाई प्रेरणा दिने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डिपी अर्यालले वैकल्पिक राजनीतिको अभियानलाई थप सशक्त बनाउन सबै मिलेर लाग्नुपर्नेमा जोड दिए ।

पार्टीकी महासचिव रन्जु दर्शनाले उज्वल थापासँग सहकार्य गर्दाका बेलाका प्रेरणादायी क्षण स्मरण गर्दै उनले दिएको मार्गदर्शनले आफूलाई सदैव अगाडि बढ्न प्रेरित गरिरहेको बताइन् । कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा उज्वल थापाका शुभेच्छुकहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?