+
+
Shares

काठमाडौं जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १९:४१

१८ जेठ, काठमाडौं । काठमाडौं जिल्ला सुरक्षा समितिको बैठक बस्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बैठक बस्न लागेको हो ।

राजावादीहरूको जारी आन्दोलन, राप्रपाले थप घोषणा गर्न लागेका कार्यक्रम र जिल्लाको सुरक्षा चुनौती लगायतका विषयमा छलफल गर्नका लागि बैठक बस्न लागेको स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

बैठकमा आजै पक्राउ परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंह लगायतलाई छाड्ने वा के गर्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

राजावादीहरूको प्रदर्शनका क्रममा आइतबार दिउँसो नारायणचौर क्षेत्रबाट थापासहित ८ जना कार्यकर्ता पक्राउ परेका थिए ।

लगत्तै, प्रहरी परिसर पुगेका राप्रपा सांसद सिंह पनि हिरासतमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?