+
+
Shares

नाइट बसभित्रै सुत्केरी

शिशुका बुवा राजकुमार अधिकारीले अहिले आमा र बच्चा दुवैको थापाथली प्रसूतिगृहमा उपचार भइरहेको बताए । उनका अनुसार चिकित्सकले दिएको डेटभन्दा १०/१५ दिन अघि बच्चा जन्मिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते ९:११
आइतबार राति यस बसभित्र जन्मिएको थियो बच्चा ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं-भैरहवा बसमा यात्रारत महिलाले राति बसभित्रै बच्चा जन्माइन्।
  • बसको स्टाफ र यात्रुले सहयोग गरी अस्पताल पुर्‍याए।
  • डाक्टरहरूले आमाको र शिशुको स्वास्थ्य सामान्य रहेको बताए।

१९ जेठ, काठमाडौं । काठमाडौं-भैरहवा चल्ने रात्रि बसमा यात्रा गरिरहेका बेला एक महिलाले बच्चा जन्माएकी छन् । आइतबार काठमाडौंबाट भैरहवा जाँदै गरेको लु२ख २५६१ नम्बरको रोयल मञ्जुश्री एसी बसमा यात्रारत महिलाले राति करिब पौने ११ बजे बसभित्रै बच्चा जन्माएकी हुन् ।

ती महिला श्रीमानसहित रुपन्देहीको खैरहनी जाँदै थिइन् । काठमाडौंबाट छुटेको केही समयमै उनलाई व्यथा लागेको थियो । चालकले नौबिसे पुगेर बस रोकेपछि उनले बसभित्रै छोरालाई जन्म दिएको बस धनी अनुप शर्माले बताए ।

शर्माले अनलाइनखबरसँग भने, ‘उहाँको डेलिभरीको समय आएको कुरा हामीलाई थाहा थिएन । पेट दुख्न थालेपछि बस रोकिदिनुस् भन्नुभयो । बीचमा रोक्नेजस्तो ठाउँ पनि थिएन । नौबिसे पुगेपछि बस रोकियो । अरु सबै प्यासेन्जरलाई ओराल्यौं । अनि बसभित्रै भएका केही महिलाहरुको सहयोगमा उहाँले राति पौने ११ बजेतिर छोरो जन्माउनुभयो ।’

त्यसपछि बसकै स्टाफहरुले सुत्केरी र शिशुलाई स्थानीयको सहयोगमा नजिकैको स्वास्थ्य चौकीमा लगेका थिए । त्यहीँ सालनाल काटेर एम्बुलेन्समार्फत् काठमाडौं पठाएपछि बस गन्तव्यतर्फ लागेको थियो ।

शिशुका बुवा राजकुमार अधिकारीले अहिले आमा र बच्चा दुवैको थापाथली प्रसूतिगृहमा उपचार भइरहेको बताए । उनका अनुसार चिकित्सकले दिएको डेटभन्दा १०/१५ दिन अघि बच्चा जन्मिएको छ ।

‘मेरो ससुराली पूर्वी नवलपरासीको अरुणखोलामा हो । ससुरालीमा सुत्केरी हुनुहुँदैन भन्ने गरिएकाले बुटवल खैरेनीमा रहेको दिदीसासुको घर जाँदै थियौं । तर, राति ११ः४० बजे बसभित्रै बच्चा जन्मियो’, अधिकारीले अनलाइनखबरसँग भने ।

बच्चाको पछाडिको भागमा फोका उठेको जस्तो देखिए पनि डाक्टरहरुले आमा र बच्चाको अरु स्वास्थ्य सामान्य रहेको जानकारी दिएको उनले बताए । बस धनी, बसका स्टाफ र यात्रीहरुले सहयोग गरेको उनले बताए ।

बस धनी अनुप शर्माले आफूले यात्रीको सक्दो सहयोग गरेको बताए । ‘बच्चाको अवस्था कस्तो छ भनेर पनि बुझेको थिएँ । ठिकै छ भन्ने कुरा थाहा पाएँ । सानो सहयोग गर्न पाउँदा एकदम खुसी लागेको छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?