+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राइड सेयरिङ सेवाको मनपरी भाडा नलिन चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १०:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले राइड सेयरिङ सेवाको भाडा नबढाउने चेतावनी दिएको छ।
  • सार्वजनिक यातायात बन्द हुँदा राइड सेयरिङ सेवाले भाडा बढाएको गुनासो आएको छ।
  • पठाओ कम्पनीले भने, 'हामीले नियमित शुल्क मात्रै लिएका छौं' र यात्रुहरूलाई अफलाइन सेवा नलिन सचेत गराएको छ।

१९ जेठ, काठमाडौं । राइड सेयरिङ सेवाको बढी भाडा नलिन प्रहरीले चेतावनी दिएको छ ।

सार्वजनिक सवारी साधन बन्द भएको मौका पारी भाडा बढाएको गुनासो आएपछि प्रहरीले सूचना जारी गर्दै भाडा नबढाउने चेतावनी दिएको हो ।

प्रहरी प्रधान कार्यालयले सूचना निकालेर यात्रुहरूलाई अफलाइन सेवासमेत प्रयोग नगर्न सचेत गराएको छ ।

आज यातायात व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गराएका छन् । यसै मौकामा राइड सेयरिङ सेवा शुल्क बढाइएको छ भने अफलाइन चलाउनेहरूको संख्या पनि बढेको छ ।

भाडा बढाएको गुनासो आएपछि राइड सेयरिङ सेवा सञ्चालन गरिरहेको पठाओ कम्पनीले भने सूचना जारी गर्दै नबढाएको दाबी गरेको छ ।

‘आज सार्वजनिक यातायात अवरुद्ध भएको समयमा विभिन्न राइड सेयरिङले भाडा वृद्धि गरेको समाचारहरू आइरहेका छन्, जसमा पठाओको नाम पनि जोडिएकोछ’, पठाओले सूचनामा भनेको छ,’हामी प्रष्ट पार्न चाहन्छौं कि हामीले नियमित शुल्क मात्रै लिएका छौं ।’

पठाओले यात्रुहरूलाई सफलाइन सेवा नलिनसमेत सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?