+
+
Shares

चीनबाट फर्किइन् पूर्वराष्ट्रपति भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते ११:२९

१९ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण पूरा गरी काठमाडौं फर्किएकी छन् ।

यही जेठ १० गते राति एमाले प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा गएकी भण्डारी आज बिहान काठमाडौं फर्किएकी हुन् ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै भ्रमण ‘राम्रो’ भएको बताइन् ।

भ्रमण टोलीका सदस्य उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले नेपालका प्रमुख दलबीच भएको सहकार्यमा चीनले खुशी व्यक्त गरेको बताए ।

चीन भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले उच्चस्तरीय भेटवार्ता गरेकी थिइन् । उनले शनिबार गान्सु प्रदेशमा चिनियाँ उपराष्ट्रपति हान चेङसँग भेटवार्ता गरेकी थिइन् ।

चेङ चीन सरकारको दोस्रो बरियता र चिनियाँ कम्युनिष्ट पार्टीको आठौं बरियताका नेता हुन् । चेङले पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुलाई चिनियाँ पक्षबाट यो भ्रमणलाई उच्च महत्व दिएको रूपमा बुझ्नुपर्ने कूटनीतिज्ञहरू बताउँछन् ।

त्यसअघि बेइजिङ पुग्नासाथ विद्या भण्डारीले सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओसँग भेटवार्ता गरेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?