
News Summary
Generated by OK AI. Editorially reviewed.- ग्लोबल आईएमई बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक गरेको छ।
- कार्ड प्रयोग गर्दा ग्राहकले टिकट खरिदमा क्यासब्याक, छुट, बोनस पोइन्ट र प्राथमिकता सेवा पाउनेछन्।
काठमाडौं । ग्लोबल आईएमई बैंकका ग्राहकले ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट यती एयरलाइन्सको टिकट किन्दा पहिलो टिकट निःशुल्क पाउने भएका छन् । बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक गरेको छ ।
काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र यती एयरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रूपमा कार्ड सार्वजनिक गरेका हुन् ।
ग्लोबल स्काई क्लब कार्ड नियमित प्रयोग गरी कारोबार गर्दा ग्राहक तथा यात्रुले विशेष छुट, बोनस पोइन्ट, प्राथमिक चेक–इन सेवा, अतिरिक्त तौल सुविधालगायत प्राप्त गर्ने पनि बैंकले जनाएको छ ।
ग्लोबल आईएमई बैंक नेपाली बैंकिङ क्षेत्रमा नयाँ–नयाँ सेवा र स्कीम ल्याउँदै ग्राहकलाई सरप्राइज प्याकेज दिने बैंकका रूपमा परिचित छ ।
यसले ग्लोबल आईएमई बैंकका ग्राहकलाई सरप्राइज प्याकेज सहित नवीन सुविधाको अनुभव गराउने बैंकको विश्वास छ ।
ग्लोबल आईएमई बैंकका ग्राहकले ग्लोबल स्काई क्लब कार्डमार्फत यती एयरलाइन्सको पहिलोपटक टिकट खरिद गर्दा पूरै रकम बराबर क्यासब्याक दिने भएको छ । त्यसैगरी, कार्डबाहक ग्राहकले यती एअरलाइन्सको कुनै पनि टिकट खरीद गर्दा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँ सम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।
कसरी फाइदा लिने कार्डबाट ?
बैंकका अनुसार कार्ड जारी गर्ने समयमा ग्राहकले १०० बोनस पोइन्ट पाउँछन् । यस्तो बोनस छुट, पुरस्कार वा अन्य सेवा उपयोगमा प्रयोग गर्न सकिनेछ । कार्डका माध्यमबाट पीओएस (पोइन्ट अफ सेल) वा ई–कमर्स प्लेटफर्ममा खरिद गर्दा हरेक १०० रुपैयाँ बराबर १ माइलेज पोइन्ट प्राप्त हुनेछ । यसले डिजिटल कारोबारलाई प्रोत्साहन मात्र गर्ने छैन, साथमा कार्ड प्रयोगकर्तालाई बारम्बार फाइदा लिने अवसर समेत दिनेछ ।
विमानस्थलमा प्राथमिकता, ५ किलोग्राम अधिक तौल सुविधा
ग्लोबल स्काई क्लब कार्डबाहकले विमानस्थलमा समेत प्राथमिकता पाउनेछन् । यती एयरलाइन्सका अनुसार चेक–इन तथा बोर्डिङ प्रक्रिया छिटोछरितो गराइने छ । यस्तो कार्डबाहक यात्रुले लगेजमा समेत अधिकतम तौल सिमाभन्दा ५ किलोग्राम अतिरिक्त सामान बोक्न पाउने सुविधा यती एयरलाइन्समा पाइने भएको छ । बढी तौलको लगेजका साथ यात्रा गर्ने यात्रुलाई यो सुविधा निकै फलदायी हुने बैंकको विश्वास छ ।
के भन्छन् सरोकारवाला ?
बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मी ग्लोबल आईएमई बैंक र यती एयरलाइन्सबीचको यो सहकार्यले डिजिटल कारोबार र ग्राहकमैत्री सेवा विस्तारमा सहयोग पुग्ने बताउँछन् । यो सहकार्यले डिजिटल बैंकिङलाई थप सशक्त बनाउने उनको विश्वास छ । उनी भन्छन्, ‘ग्लोबल आईएमई बैंक नयाँ प्रविधिको प्रयोगसँगै ग्राहकमैत्री सेवा र समयानुकूल योजना ल्याउन सधैं तत्पर छ ।’
यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटा ग्लोबल आईएमई बैंकसँगको सहकार्यबाट बैंक र एयरलाइन्स दुवैका ग्राहक तथा सेवाग्राही लाभान्वित हुने बताउँछन् ।
‘हामीले ग्लोबल आईएमई बैंकसँग मिलेर यस्तो योजना ल्याएका छौं, जसले दुवै संस्थाका ग्राहकहरूलाई प्रत्यक्ष रूपमा लाभ पुर्याउनेछ,’ उनी भन्छन्, ‘भविष्यमा अझ नयाँ र परिस्कृत सेवा ल्याउने विश्वास व्यक्त गरे ।’
ग्लोबल आईएमई बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहक लावान्भित गर्दै आएको छ ।
प्रतिक्रिया 4