+
+
Shares

मञ्जुश्री फाइनान्स एनसीएचएलको ‘नेपाल पे कार्ड’ मा आबद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १९:३७

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस–एनसीएस तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा मञ्जुश्री फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पदम ठकुल्ला र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

यस अनुरूप मञ्जुश्री फाइनान्सले अब नेपाल पे कार्डमा ग्राहकको कार्ड इस्यु र अक्वायर गर्न सक्ने छ ।

एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्विचबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्टका लागि एक सेन्ट्रल कार्ड स्विचका रूपमा स्थापना गरिँदैछ ।

यस प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबार लागत घटाउने, डाटा लोकलाइजेसन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरूको विकास तथा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?