+
+
Shares

बागमतीको अर्थ र भौतिक मन्त्रालयमा सर्वसाधारणलाई भेटघाटमा रोक

‘मन्त्रीज्यूलाई सम्बोधन गरि प्राप्त हुने योजना तथा कार्यक्रम माग सम्बन्धी पत्र तथा निवेदन १४ जेठदेखि सचिवालयमा दर्ता बन्द गरिएको आदेशानुसार अनुरोध गर्दछु ।’ निजी सचिव शिवराम बोहराको हस्ताक्षरित सूचना भनिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते २०:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेशको आर्थिक मामिला र भौतिक पूर्वाधार मन्त्रालयले सर्वसाधारणलाई भेटघाट रोक लगाएको छ।
  • मन्त्रालयले १७ जेठदेखि अर्को सूचना नभएसम्म सर्वसाधारणको भेटघाट बन्द गरेको हो।
  • बजेट निर्माणमा लाग्नु परेकाले भेटघाटमा रोक लगाइएको सूचनामा उल्लेख छ।

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले योजना माग्न आउने सर्वसाधारणलाई भेटघाटमा रोक लगाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले मूल गेटमै ब्यानर टाँगेर सर्वासाधारणको भेटघाटमा रोक लगाएको छ ।

योजना लिएर मन्त्रालयको गेटमा पुगेका सर्वसधारणलाई सोधपुछ गरेर मात्रै भित्र प्रवेश दिइएको छ । मन्त्रालयले बजेट तर्जुमा सम्बन्धी काम भइरहेकोले १७ जेठदेखि अर्को सूचना नभएसम्म सर्वसाधारणको भेटघाट बन्द गरेको ब्यानरमा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता उपसचिव श्रीकृष्ण आचार्यले बजेट निर्माण धमाधम भइरहेकोले भिडभाडका कारण सर्वसाधारणको भेटघाट बन्द गरिएको जानकारी दिए । आर्थिक मामिला मन्त्रालयमा विगतदेखि नै सर्वसाधारणलाई भेटघाटमा रोक लगाएर काम हुँदै आएको उनले बताए ।

‘विगतदेखि नै यसरी नै काम भइरहेको छ । नत्र त काम गर्नै सकिँदैन’, आचार्यले भने । भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्री अमनकुमार मास्केको सचिवालयमा सूचना टाँस गरेर सर्वसाधारणको योजना माग फारम दर्ता नहुने उल्लेख छ । मन्त्री मास्के पनि मन्त्रालयमा छैनन् ।

‘मन्त्रीज्यूलाई सम्बोधन गरि प्राप्त हुने योजना तथा कार्यक्रम माग सम्बन्धी पत्र तथा निवेदन १४ जेठदेखि सचिवालयमा दर्ता बन्द गरिएको आदेशानुसार अनुरोध गर्दछु ।’ निजी सचिव शिवराम बोहराको हस्ताक्षरित सूचना भनिएको छ ।

मन्त्रालयका सचिव अमृत श्रेष्ठले मन्त्रीको सचिवालयमा मात्र सर्वसाधारणको माग पत्र तथा निवेदन दर्ता नभएको तर कार्यालयमा काम भइरहेको दाबी गरे । ‘त्यो मन्त्रीज्युको सचिवालयको कुरा हो । मन्त्रालयमा त्यस्तो हुँदैन । कार्यालयले त १०–५ मा जहिले पनि गर्छ’, सचिव श्रेष्ठले भने ।

भौतिक पूर्वाधार विकास मन्त्रालय बागमतीको सबैभन्दा ठूलो बजेट हिस्साको मन्त्रालय हो । सर्वसाधारणको भौतिक पूर्वाधारसँग सम्बन्धित धेरै योजना हुने भएकाले भिड लाग्ने गरेको छ । मन्त्रालयहरुको सूचनाले सिन्धुपाल्चोक, दोलखा, धादिङ, रसुवा, रामेछापलगायतका विकट जिल्लाहरुबाट आएका सर्वसाधारणलाई निराश बनाएको छ ।

बागमती सरकारले १४ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । १ असारमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउने तयारीमा मन्त्रालयहरु छन् । गत आव २०८१/८२ को भन्दा ४ अर्ब कम अर्थात ६० अर्ब हाराहारीको बजेट ल्याउने तयारी भइरहेको छ ।

आर्थिक मामिला मन्त्रालयले यसअघि बागमतीका मन्त्रालयहरुमा ५५ अर्बको सिलिङ तोकिएको थियो । सिलिङ बढाउनुपर्ने मन्त्रीहरुको दबाबका कारण बजेट बढ्ने एक मन्त्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?