+
+
Shares

‘ब्लू लाइट’को मुहूर्त, महेश त्रिपाठी र आयुष्मान जोशी पनि जोडिए

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कथानक फिल्म ‘द ब्लू लाइट’को मुहूर्त मंगलबार काठमाडौंको गणेश मन्दिरमा भएको हो।
  • छायांकन विहिबारदेखि सुरु हुनेछ र २० दिनभित्र सक्ने लक्ष्य राखिएको छ।
  • निर्देशक बलिराम चौहानले फिल्मलाई उत्कृष्ट र दर्शकले रुचाउने बनाउने आशा व्यक्त गरे।

काठमाडौं । कथानक फिल्म ‘द ब्लू लाइट’को मुहूर्त गरिएको छ । मंगलबार कमलादीस्थित गणेश मन्दिरमा आयोजित मुहूर्त पूजामा ‘कास्ट एण्ड क्रू’ सहभागी रहे ।

छायांकन विहिबारदेखि सुरु हुनेछ । उपत्यकाका विभिन्न थलोमा खिचिने फिल्मको छायांकन २० दिनभित्र सक्ने लक्ष्य छ ।

बलिराम चौहानको निर्देशन हुनेछ । शीर्ष भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुश्मान जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानीले अभिनय गर्नेछन् । बाल कलाकारमा गृष्मा कटुवाल र सहारा शर्मा छन् ।

मनोवैज्ञानिक थ्रीलर जनरामा निर्माण हुने फिल्मलाई स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण गर्न लागिएको हो । सहनिर्मातामा रमन ग्रे छन् । नरेन्द्र मैनाली छायांकार हुन् ।

आकाश उखेडा मख्य सहायक निर्देशक रहेको फिल्ममा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक छन् ।

‘विस्तारै हाम्रा प्रचार सामग्रीमार्फत कथावस्तुबारे जानकारी दिँदै जानेछौँ’ निर्देशक चौहानले भने, ‘हामी यो जनराकै एक उत्कृष्ट सिनेमा बनाउने छौँ । दर्शकले रुचाउने चलचित्र बनाउने छौँ ।’ यो फिल्मलाई सन् २०२५ भित्रै प्रदर्शन तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?