+
+
Shares

पाकिस्तानमा टिकटकरको गोली हानी हत्या

सनाको टिकटक एकाउन्टमा करिब ८१ हजार फलोअर्स छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १६:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानको इस्लामावादमा १७ वर्षीया टिकटकर सना युसुफको गोली हानी हत्या भएको छ।
  • अभियुक्तले घरको खानातलासी गरेपछि सिधै कोठामा प्रवेश गरी सनामाथि गोली हानिएको प्रहरीले जनाएको छ।
  • घटना सम्बन्धी अनुसन्धान जारी रहेको र अभियुक्तलाई चाँडै पक्राउ गर्ने प्रहरीले जनाएको छ।

२० जेठ, काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा एक जना टिकटकरको गोली हानी हत्या गरिएको छ । बीबीसी हिन्दीका अनुसार १७ वर्षीया टिकटकर सना युसुफको गोली हानी हत्या भएको हो ।

सोमबार साँझ इस्लामावादस्थित अज्ञान व्यक्ति उनको घरमा घुसेर सनाको हत्या गरेको हो । इस्लामावाद पुलिस स्टेसनमा सनाकी आमाले आफ्नो छोरीको हत्या भएको भन्दै एफआईआर दर्ता गरेकी छन् ।

प्रहरीका अनुसार सनाकी आमाले आफ्नो घरमा एक व्यक्त अचानक पसेर छोरीको छातीमा दुई गोली हानिएको एफआईआरमा उल्लेख छ ।

गोली लागेर घाइते भएकी सनालाई छिमेकीको कारमा राखेर उपचारका लागि अस्पताल पुर्‍याएको भए पनि उनको मृत्यु भइसकेको सनाकी आमाले भनेकी छन् ।

प्रहरी अधिकारीका अनुसार घटनामा संलग्न अभियुक्तबारे थुप्रै प्रमाण फेला परिसकेको र उनी चाँडै पक्राउ पर्ने दाबी गरिएको छ ।

अनुसन्धान अधिकारीका अनुसार सनामाथि गोली हान्नु अघि अभियुक्तले उनको घरको खानातलासी गरेका थिए । जब आरोपीले सनाका आमा-बुबा घरमा नरहेको देखे त्यसपछि सिधै सनाको कोठामा पसेर उनीमाथि गोली हानिएको थियो ।

उनी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लाकी बासिन्दा हुन्, तर उनको परिवार केही समयदेखि इस्लामाबाद बस्दै आएको पाइएको छ ।

सनाको टिकटक एकाउन्टमा करिब ८१ हजार फलोअर्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?