
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका लागि केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले ‘ग्रिन ह्विल्स टु मार्बल हिल्स’ नामक र्याली सफलतापूर्वक आयोजना गरिएको छ ।
- पर्यावरण सचेत केई गाडीका ८० भन्दा बढी ग्राहक र तिनका परिवार सहभागी थिए।
- आयोजकले भने, ‘यस कार्यक्रमले दिगो यातायात र वातावरणीय उत्तरदायित्वलाई उच्च प्राथमिकता दिएको छ।’
काठमाडौं । नेपालका लागि केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले ‘ग्रिन ह्विल्स टु मार्बल हिल्स’ नामक र्याली सफलतापूर्वक आयोजना गरेको छ ।
पर्यावरण सचेत केई गाडीका ८० भन्दा बढी ग्राहक र तिनका परिवार आफ्ना केई गाडीसहित उक्त र्यालीमा सहभागी थिए । दिगो यातायात र वातावरणीय उत्तरदायित्वलाई उच्च महत्त्व दिँदै कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
र्यालीमा केईका विद्युतीय सवारीसाधान (ईभी) मोडेलहरू ‘एक्स३ प्रो’, ‘ई–क्युट ०२’ र ‘ई–क्युट ०४’ सहभागी थिए । यी गाडीको सहभागिताले नेपालको दिगो यातायातमा केई ब्रान्डको प्रतिबद्धता पुष्टि गरेको कम्पनीको भनाइ छ ।
आयोजकका अनुसार र्याली काठमाडौं थापाथलीबाट सुरु भएर ललितपुर गोदावरीसम्म पुगेको थियो । गोदावरीमा गाडी रोकेर सहभागीहरू मार्बल हिल्समा हाइकिङ गएका थिए ।
त्यसपछि सहभागीले त्यहाँ वृक्षारोपण गरेका थिए । उनीहरूले ७० भन्दा धेरै बिरुवा रोपेका थिए । स्थानीय पर्यावरणमा योगदान गर्न र कार्बन उत्सर्जन कम गर्न वृक्षारोपण गरिएको थियो ।
त्यसपछि सहभागीले सामूहिक खेल, मनोरञ्जनका गतिविधि गरेका थिए । यसखालका कार्यक्रम भविष्यमा पनि आयोजना गर्दै जाने आयोजकको भनाइ छ ।
प्रतिक्रिया 4