+
+
Shares

अब होटल बुकिङ पनि ई-सेवाबाटै

ई-सेवाले देशभरि रहेका २ हजारभन्दा बढी होटललाई एउटै प्लेटफर्ममा ल्याउँदै आफ्ना प्रयोगकर्तालाई सजिलो र छिटो होटल बुकिङ गर्न मिल्ने सुविधा ल्याएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ई-सेवाले वेबसाइट र मोबाइल एपमार्फत सहजै आफ्नो आवश्यकता अनुसार होटल बुकिङ गर्न मिल्ने गरी सेवा सञ्चालन गरेको छ ।
  • यो सेवाबाट सस्तो होटलदेखि सुविधा सम्पन्न तारे होटलसम्म आफ्नो आवश्यकता अनुसार छनोट गर्न सकिने छ ।
  • एउटा एपमै सबै काम मिल्ने यो सुविधा देशभरिका प्रयोगकर्ताका लागि उपयोगी हुने विश्वास छ ।

काठमाडौं । ई-सेवाले वेबसाइट र मोबाइल एपमार्फत सहजै आफ्नो आवश्यकता अनुसार होटल बुकिङ गर्न मिल्ने गरी सेवा सञ्चालन गरेको छ ।

ई-सेवाले देशभरि रहेका २ हजारभन्दा बढी होटललाई एउटै प्लेटफर्ममा ल्याउँदै आफ्ना प्रयोगकर्तालाई सजिलो र छिटो होटल बुकिङ गर्न मिल्ने सुविधा ल्याएको हो ।

अहिलेसम्म मोबाइल रिचार्ज, बिजुली-पानीको बिल तिर्नेदेखि सरकारी सेवा शुल्क तिर्नेसम्मका काम सहज बनाउँदै आएको ई-सेवाले अब घुमघाम, व्यावसायिक यात्रा वा पारिवारिक कार्यक्रमका लागि होटल बुकिङ पनि सहज बनाएको जनाएको छ ।

केवल केही ट्यापमै आफ्नो आवश्यकता र बजेट अनुसार होटल बुकिङ गर्न सकिने भएकाले यो सुविधा अझ लोकप्रिय बन्ने र जनतामा अझ सहजता ल्याउने अनुमान गरिएको छ ।

होटल बुकका लागि सुरुमा ई–सेवा एप खोली ‘होटल्स’मा ट्याप गर्नुपर्ने छ, त्यसपछि गन्तव्य र प्रस्थान मिति छान्नुपर्ने छ । त्योसँगै उपलब्ध होटलबाट आफूलाई उपयुक्त होटल रोज्नुपर्ने र सबै विवरण भरेर बुकिङ कन्फर्म गर्न सकिने ई-सेवाले जनाएको छ । त्यसपछि ई-सेवा वालेटबाट सहजै भुक्तानी गर्नुपर्ने छ ।

यसरी बुकिङ गरेपछि होटल बुकिङ भएको वा नभएको सम्बन्धी सबै जानकारी तुरुन्तै प्रयोगकर्ताको मोबाइलमै आउने कम्पनीले जानकारी दिएको छ ।

यो सेवाबाट सस्तो होटलदेखि सुविधा सम्पन्न तारे होटलसम्म आफ्नो आवश्यकता अनुसार छनोट गर्न सकिने छ । अब होटल बुक गर्नका लागि अलग-अलग वेबसाइट वा एजेन्सी खोज्नु नपर्ने कम्पनीको भनाइ छ ।

एउटा एपमै सबै काम मिल्ने यो सुविधा देशभरिका प्रयोगकर्ताका लागि उपयोगी हुने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?