+
+
Shares

मोरङमा ग्रील सञ्चालकले काटिदिए बालकको लिङ्ग

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १०:३२
Photo Credit : AI

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङको पथरीशनिश्चरे नगरपालिका–६ का ४८ वर्षीय मही चौधरीले सात वर्षीय बालकको लिङ्ग काटिदिएका छन्।
  • घटना जेठ २१ मा भएको हो र बालकलाई नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ।
  • प्रहरीले बताए अनुसार, महीले बालकलाई उपचारका लागि अस्पताल लगेका हुन् र बालकको अवस्था सामान्य छ।

२१ जेठ, विराटनगर । जिस्किदाजिस्किदै मोरङमा एक व्यक्तिले सात वर्षीय बालकको लिङ्ग काटिदिएका छन् ।

मोरङ पथरीशनिश्चरे नगरपालिका–६ का ४८ वर्षीय मही चौधरीले फलाम काट्ने ग्रेन्डरले सोही स्थानका सात वर्षीय बालकको लिङ्ग काटिदिएका हुन् ।

ग्रील पसल सञ्चालन गर्ने महीले पसलमा आएका सोही स्थानका किरण चौधरीका ७ वर्षीय छोरासँग जिस्किने क्रममा लिङ्गको टुप्पोको केही भाग काटिएको थियो ।

घटनापछि बालकलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । प्रहरीका अनुसार मही चौधरीले नै बालकलाई उपचारका लागि अस्पताल लगेका हुन् ।

बालकको अवस्था सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?