+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

चोर बाटोबाट हजारौंले नेपाली नागरिकता लिइसके : सांसद अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते ११:०१

२१ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले चोर बाटोबाट गैर नेपालीले समेत नेपाली नागरिकता लिएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

समितिमा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल थियो । जहाँ भाग लिंदै उनले भने, ‘कतिपय वास्तविक नेपाली नागरिक बन्न सकेका छैनन । तर, चोर बाटोबाट हजारौं हजारले नागरिक लिइसके ।’

नेपालभित्रै रहेका सुकुमबासीलाई नागरिकता लिन समस्या रहेको बताए । दलित बस्तीहरूका नागरिकलाई नागरिकता लिन समस्या रहेको बताए । जमिनको लालपुर्जा नभएकालाई नागरिकता लिनमा अप्ठ्यारो पर्ने गरेको बताए । यी समस्यालाई समेत ख्याल गरेर नागरिकता ऐन संशोधन गर्न आवश्यक रहेको उनले बताए ।

नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गर्ने र त्यस्तो पुरुषसँग सम्बन्ध विच्छेद भएको हकमा फेरि नेपाल आएर नेपाली नागरिकता लिएर रहने अवस्था रहेको उनले बताए । यो गम्भीर विषय रहेको भनेर उनले सरकारको ध्यानाकर्षण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?