
News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाकी पार्वती जोशीले सन् २०२५ मा सगरमाथाको आरोहण गरेकी छन्।
- उनीले शेर्पाको सहयोगबिना विश्वको सर्वोच्च शिखर चढ्ने पहिलो महिला र रसुवाबाट पहिलो महिला बन्न सफल भएकी हुन्।
- उनले आरोहणको क्रममा आफ्नो निर्णय, रणनीति र साहसमा भरिएको बताइन्।
२१ जेठ, काठमाडौं । हिमाल आरोहण शेर्पाहरूविना असम्भव जस्तै मानिन्छ । किनकि आरोहणका लागि बाटो बनाउनेदेखि लिएर बन्दोबस्तीका सामानसहितको गह्रुँगा भारी बोक्ने काममा शेर्पाहरू नै अनुभवी र अब्बल मानिन्छन् । त्यसैले शेर्पाहरूको सहयोगविना सगरमाथाको आरोहण सफलतापूर्वक सम्पन्न गर्ने कुरालाई असम्भवजस्तो ठानिएको हो । तर यही असम्भवलाई सम्भव बनाएकी छन् रसुवाकी पार्वती जोशीले ।
रसुवाको आमाछोदिङमो–४ की पार्वती जोशीले सन् २०२५ मे १९ तारिखको दिन विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।
उनले सगरमाथाको चुचुरोमा पुगेर कोरियन भाषामा ‘बुवा, आमा, म तपाईंलाई माया गर्छु’ लेखिएको बोर्ड प्रदर्शन गरेकी थिइन् ।
शेर्पा गाइडको सहयोगविना विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेक्ने पहिलो महिला बनेर इतिहास रच्न सफल भएको उनले बताइन् । त्यतिमात्र होइन रसुवा जिल्लाबाट सगरमाथा चढ्ने आफू पहिलो महिला पनि भएको उनको भनाइ छ ।
१९९२ डिसेम्बर २४ मा जन्मिएकी पार्वती भलिबलको पूर्वखेलाडी पनि हुन् । तर पदयात्राको प्रेमी उनी ट्रेकिङ गाइड बनिन् । हाल उनी इन्ट्रेपिट ट्राभल एजेन्सीमा एक प्रमाणित गाइड र टिम नेतृत्वकर्ताका रूपमा कार्यरत छिन् ।
ट्रेकिङका क्रममा धेरै हिमाली सौन्दर्यहरूको दृश्य अवलोकन गर्दैगर्दा, उनले सन् २०१६ मा पर्वतारोहणको आधारभूत तालिम लिएकी थिइन् । त्यसपछि सगरमाथा चढ्ने आँट आएपछि उनले सन् २०२० मा एडभान्स कोर्स पूरा गरिन् ।
पार्वतीले काठमाडौंबाट २० अप्रिल २०२५ मा सगरमाथाको यात्रा सुरु गरेकी उनले १९ मेमा सगरमाथाको शिखरमा पाइला टेकेर २४ मेको दिन पुनः काठमाडौं फर्किएकी थिइन् ।
सगरमाथा आरोहणको क्रममा कुनै पनि शेर्पाको सहयोग नलिएको बताउँदै उनले भनिन्, ‘मैले मेरो आफ्नै निर्णय, आरोहण रणनीति र साहसमा भर गरेर इतिहास रचेँ ।’
प्रतिक्रिया 4