+
+
Shares

२६४६ अंकमा झर्‍यो सेयर बजार, ५ अर्बको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १५:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजार बुधबार ११.९७ अंक घटेर २६४६ मा कायम रह्यो।
  • कारोबार रकम ६.६७ अर्बबाट ५.१६ अर्बमा झरेको छ।
  • अधिकांश सेक्टरका सूचक घटेका छन्, फाइनान्स सबैभन्दा धेरै ०.९० प्रतिशत घट्यो।

२१ जेठ, काठमाडौं । बुधबार सेयर बजार ११.९७ अंक घटेको छ । सो अंक घटेसँगै परिसूचक नेप्से २६४६ मा कायम भएको छ ।

अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ५ अर्ब १६ करोडको भयो । ६६ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने एउटाको स्थिर रह्यो ।

आज अधिकांश सेक्टरका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ०.९० प्रतिशत घट्यो । बैंकिङ ०.५९, विकास बैंक ०.७१, होटल तथा पर्यटन ०.४७, हाइड्रोपावर ०.३९, लगनी ०.०८, जीवन बीमा ०.४८, माइक्रोफाइनान्स ०.८२, निर्जीवन बीमा ०.६८ तथा अन्य ०.५४ प्रतिशत घटे ।

व्यापार ०.४९ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको मूल्य बढ्दा यो सेक्टर बढेको हो । विशाल बजार र साल्ट ट्रेडिङ गरी जम्मा दुई कम्पनी यसमा सूचीकृत छन् ।

दुई कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । सुपर माइ हाइड्रोपावरको ७.३४, अरुण कााबेली पावरको ३.३९, माइखोला हाइड्रोपावरको २.८ प्रतिशत मूल्य बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८१, मिडसोलु हाइड्रोपावरको ३.७०, उपकार लघुवित्तको ३.४० तथा सामुदायिक लघुवित्तको ३.३० प्रतिशत मूल्य घट्यो ।

धेरै कारोबार भएका कम्पनीमा अरुण काबेली हाइड्रोपावर, राधि विद्युत्, ङादी ग्रुप, युनिभर्सल पावर र बरुण हाइड्रोपावर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?