+
+
Shares

कोशी प्रदेशमा युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १६:२४

२१ जेठ, काठमाडौं । युवामा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद्ले कोशी प्रदेशको विराटनगरमा युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन आयोजना गरेको छ ।

‘युवाका लागि अवको निकास उद्यमशीलता, रोजगारी र सिप विकास’ भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनमा प्रदेशगत रुपमा युवालाई उद्यमशीलताका विविध आयामबारे अभिमुखीकरण गराइएको छ ।

सातै प्रदेशमा आयोजना गरिने सम्मेलनमा नीति निर्माणदेखि कार्यान्वयन तहसम्म, सरकारीदेखि निजीसम्म, उद्यमीदेखि विज्ञसम्म, उद्योग वाणिज्यदेखि बैंकिङ क्षेत्रसम्मका व्यक्तित्वहरुको प्रस्तुतिकरण तथा प्यानल छलफल राखिएको परिषद्का कार्यकारी उपाध्याक्ष सुरेन्द्र बस्नेतले बताए ।

सम्मेलनमा अनलाइन आवेदनका आधारमा छनौट भएका १६ देखि ४० भित्रका नवउद्यमी तथा उद्यमी बन्न चाहने युवाको सहभागिता रहेको छ ।

उद्यमशीलता प्रवद्र्धनका विभिन्न क्षेत्रमा खुला छलफल, बहस तथा अन्तरक्रियालाई सम्मेलनमा समेटिने जनाइएको छ ।

सम्मेलन उद्घाटन कार्यक्रममा कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले प्रदेश सरकारले आगामी वजेटमा युवा उद्यशीलता र स्टार्टअपमा विशेष जोड दिने तयारी गरेको बताए ।

सम्मेलनमा प्रदेश लगानी प्राधिकरणका सीईओ डा.सरोज कोइरालाले प्रदेशमा युवा उद्यमशिलताको संभावना र चुनौतिवारे अभिमुखीकरण गराएका थिए ।

प्रदेश सांसद जाङवो शेर्पाले युवालाई रोक्न उद्यमशीलता र स्वोजगारको अभियान चलाउनपर्ने बताए । मोरङ उद्योग संगठनका अध्यक्ष राकेश सुरानाले युवा उद्यमशीलता प्रवद्र्धनमा जोड दिएका थिए ।

सम्मेलनमा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले उद्यमशीलता प्रवद्र्धनमा महासंघका प्रयासबारे चर्चा गरेका थिए ।

‘युवाका लागि अवको निकास उद्यमशीलता, रोजगारी र सिप विकास’ विषयक प्यानल छलफलमा पूर्वमुख्यमन्त्री केदार कार्कीले युवामा कुनै न कुनै सीप भएमा मात्र आत्मनिर्भर हुन सक्ने बताए ।

मुख्यमन्त्री हिक्मत कार्कीका आर्थिक सल्लाहकार मोहनकुमार सुवेदीले सरकारको युवा मैत्री योजनाकाबारे प्रकाश पारेका थिए । राष्ट्रिय वाणिज्य बैंकका मुख्य प्रवन्धक रिसभ भट्टराईले युवा उद्यमशिलताका लागि सहुलियत कर्जाबारे चर्चा गरेका थिए ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका कोशी प्रदेश निर्देशक उमेशप्रसाद खरेलले प्राविधिक शिक्षाबाट आय आर्जनका पाटो सहज हुने विषयबारे प्रकाश पारे ।

सम्मेलनमा झापामा ५० बिघा जग्गामा केरा खेती गरिरहेका युवा उद्यमी चन्द्रप्रसाद बस्नेत, मोरङमा गाइपालन र कृषि उद्यम गरिरहेका युवा उद्यमी विनोद शिवाकोटी र सुनसरीमा गार्मेन्ट उद्यम गरिरहेकी महिला उद्यमी रचना राईले आआफ्ना संघर्ष र सफलताको कथा बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?