+
+
Shares

७ बजे नै खुल्छ सीडीओ कार्यालय

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १९:०९

२१ जेठ, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले बिहान ७ बजेदेखि राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेकाे छ । सेवाग्राहीको भिड बढेपछि बिहान ७ बजेदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेकाे हाे ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बिहान ७ बजेदेखि नै सेवाग्राही कार्यालय आउन थालेपछि सेवा अवधि बढाइएको हो ।

‘बिहान ७ बजे नै सेवाग्राही आउने तर कार्यालय भने १० बजे मात्रै खुल्ने हुँदा सेवाग्राहीलाई सहज भएन,’ उनले भने,‘ बिहान आउने सेवाग्राहीलाई बिहानै सेवा दिन सुरु गरिएको छ ।’

उनका अनुसार बिहानको समयमा दैनिक ३० जना भन्दाबढी सेवाग्राहीले राष्ट्रिय परिचय पत्र बनाइरहेका छन् । परिचयपत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा फोटो खिच्न र विवरण रुजु गर्नका लागि बिहानकाे समयमा ४ जना कर्मचारी खटिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?