News Summary
Generated by OK AI. Editorially reviewed.- गोल्डेनगेट बास्केटबल क्लबले हाउण्ड्सलाई ८१-७० ले पराजित गरी हिमालयन जाभा बास्केटबल लिगको फाइनलमा प्रवेश गर्यो।
- गोल्डेनगेटले लगातार आठ खेल जित्दै शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्यो, हाउण्ड्स दोस्रो स्थानमा छ।
- अभिषेक सिंहले २२ अंक र सुदिप पौडेलले मोस्ट भ्यालुएबल प्लेअर पुरस्कार प्राप्त गरे।
२१ जेठ, काठमाडौं । हाउण्ड्स एकेडेमीलाई हराउँदै गोल्डेनगेट बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको शीर्ष दुई टिमबीचको भिडन्तमा गोल्डेनगेटले हाउण्ड्सलाई ८१-७० ले हराएर एक खेल अघि नै फाइनलमा स्थान सुरक्षित गर्यो । ९ खेलबाट १७ अंक जोडेको गोल्डेनगेट शीर्ष स्थानमा छ ।
पहिलो खेलमा टाइम्ससँग पराजित भएपनि गोल्डेनगेटले त्यसयता लगातार ८ खेल जितेको छ । लिगमा गोल्डेनेगटले हाउण्ड्स विरुद्धको दुवै खेल जित्न सफल भयो । यसअघि गोल्डेनेटले हाउण्ड्सलाई ८०-७५ ले पराजित गरेको थियो ।
दोस्रो हार व्यहोरेको हाउण्ड्स ९ खेलबाट १६ अंकसहित दोस्रो स्थानमा छ । अब हाउण्ड्सले लिगको अन्तिम खेलमा तेस्रो स्थानको टाइम्स बास्केटबल क्लबलसँग खेल्नेछ । फाइनल पुग्न हाउण्ड्सले उक्त खेल जित्नैपर्नेछ । यही टाइम्स विजयी भएमा दुवैको समान १७ अंक पुग्नेछ र यस्तोमा अंक स्कोरको आधारमा फाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।
कीर्तिपुर कभर्डहलमा भएको खेलको पहिलो क्वाटरमा हाउण्ड्सले १८-१७ को अग्रता लिएको थियो । तर त्यसपछि गोल्डेनगेटले खेलमा पुनरागमा गर्दै अग्रता लिएको थियो । गोल्डेनगेटले दोस्रो क्वाटर २७-१५ ले आफ्नो पक्षमा पारेपछि हाफ टाइमसम्म ४४-३३ को अग्रता बनायो ।
यस्तै तेस्रो क्वाटरमा हाउण्ड्स खेलमा फर्कियो र १८-१४ ले आफ्नो पक्षमा पार्यो । तर चौथो क्वाटरअघि गोल्डेनगेटले नै ५८-५१ को अग्रता कायम राखेको थियो ।
चौथो तथा अन्तिम क्वाटरमा गोल्डेनगेटले २३-१९ को अग्रता बनाएपछि खेल जित्यो ।
गोल्डेनगेटका लागि अभिषेक सिंहले २२ अंक स्कोर गरे । यस्तै हाउण्ड्सका सौरभ श्रेष्ठले १८ अंक जोडे ।
गोल्डेनगेटका सुदिप पौडेल मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।
प्रतिक्रिया 4