+

हङकङविरुद्ध नेपाल उच्च मनोबलसहित मैदान उत्रने

२०८२ जेठ  २१ गते २१:२० २०८२ जेठ २१ गते २१:२०
हङकङविरुद्ध नेपाल उच्च मनोबलसहित मैदान उत्रने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय फुटबल टोलीले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको छ।
  • मुख्य प्रशिक्षक म्याट रसले टोलीको तयारी र अभ्यासको बारेमा बताए।
  • खेल हङकङ नेसनल स्टेडियममा बिहीबार साँझ हुनेछ।

२१ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले हङकङ विरुद्ध जित हात पार्ने मनोबलका साथ नेपाली टोली मैदानमा उत्रने बताएका छन् ।

बुधबार हङकङ स्टेडियममा आयोजित प्रि म्याच क्रन्फ्रेन्समा मुख्य प्रशिक्षक रसले हङकङलाई नजिकबाट नियालेको र बलियो टोली भएपनि राम्रोसँग अध्ययन गरेको बताए ।

रातिको समयमा खेल भएकोले हङकङको लागि अनुकुल भएपनि आफूहरुले पछिल्लो करिब एक महिना कडा मेहनत गरेकको उनले उल्लेख गरे ।

उनले भने, ‘हामीले एसियन कप छनोटमा लाओसविरुद्धको खेल पूर्व यसप्रकारको मैत्रीपूर्ण म्याच खेल्नुले सकारात्मक ऊर्जा दिएको छ’ उनले भने, ‘हामीले यस मैत्रीपूर्ण खेलमा देखिने कमीकमजोरीलाई लाओसविरुद्ध सुधार्ने अवसर पाउनेछौ । यो सुखद पक्ष हो ।’

उनले हाइ अल्टिच्युडमा केही समय अभ्यास गरेको बताउँदै टोली आगामी दुई खेलका लागि पूर्णरुपमा तयार रहेको बताए । यस्तै मुख्य प्रशिक्षक रोसले हङकङसँगको खेल उच्चस्तरको हुने बताउँदै आफूहरुले उत्कृष्ट खेल प्रस्तुत गर्ने बताए ।

यस्तै नेपालका कप्तान किरण चेम्जोङले हङकङसँगको मैत्रीपूर्ण खेल मात्र नभएर लाओसविरुद्धको खेलका लागि समेत राम्रो अभ्यास हुने बताए ।

उनले भने, ‘हामी विपक्षीलाई सम्मान गर्छौ । तर पनि पाहुनाका रुपमा हामी भोली हुने खेलका लागि तयार रहेका छौं।’ बिहीबार हुने मैत्रीपूर्ण खेलका लागि टोलीले बुधबार बेलुका अन्तिम अभ्यास गरेको छ ।

हङकङले सोही मैदानमा केहीदिन अघि इंग्लिस टोली म्यानचेष्टर युनाइटेडसंग मैत्रीपूर्ण खेल खेलेको थियो र ३-१ ले पराजित भएको थियो । नेपालले ३७ वर्षपछि हङकङसँग फुटबल खेल्न खेल्न लागेको हो ।

यसअघि सन् १९८८ मा दशरथ रंगशालमै भएको एसियन कप छनोटमा नेपाल र हङकङले गोलरहित बराबरी खेलेका थिए ।

फिफा वरियतामा नेपाल भन्दा हङकङ २२ स्थान माथि छ । हङकङ १५३औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा छ ।

नेपाल र हङकङबीचको खेल हङकङ नेसनल स्टेडियममा बिहीबार साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ ।

नेपाली फुटबल टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय