+
+
Shares

कैलालीमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते ६:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको घोडाघोडी नगरपालिका–१ मा मोटरसाइकल अनियन्त्रित भएर ट्याक्टरको ट्रलीमा ठोक्किँदा एकको मृत्यु भयो।
  • प्रहरीले बताए अनुसार, दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार दुई जना घाइते भएका छन्।
  • मोटरसाइकल र ट्रलीको टक्कर सवा चार बजे सुदूरपश्चिम प्रदेश ०१–००२ नम्बरको ट्रलीमा भएको थियो।

२२ जेठ, धनगढी । कैलालीमा तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर ट्याक्टरको ट्रलीमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका–१ को भालुफटामा आज बिहान करिब सवा चार बजे से ६ प ४४३६ नम्बरको मोटरसाइकल बिग्रेर सडकमा रोकिराखेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१५८ नम्बरको ट्याक्टरको इन्जिन नभएको ट्रलीमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार घोडाघोडी नगरपालिका–२ बस्ने २४ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए । उनकाअनुसार गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, मोटरसाइकल चालक र पछाडि सवार अर्का व्यक्ति घाइते छन् । मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–३ बस्ने २१ वर्षीय शंकर चौधरीको टाउकोमा गम्भीर चोट लागेको र अवस्था गम्भीर रहेको डीएसपी सिंहले बताए । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

पछाडि सवार घोडाघोडीकै २२ वर्षीय अर्जुन चौधरी पनि घाइते छन् । उनको बायाँ खुट्टाको घुँडामा चोट लागेको प्रहरीले जनाएको छ । चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?