+
+
Shares

फेरिए सैनिक प्रवक्ता, केसीलाई पूर्वी पृतनाको जिम्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १६:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीलाई पूर्वी पृतनाको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ।
  • सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयको प्रमुखको जिम्मेवारी सहायक रथी राजाराम बस्नेतले पाएका छन्।
  • बिहीबार जिम्मेवारी हस्तान्तरणपछि नवनियुक्त बस्नेतले सैनिक नागरिक सम्बन्ध बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।

२२ जेठ, काठमाडौं । नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीको पूर्वी पृतना हेडक्वार्टरको निमित्त प्रमुखका रुपमा सरुवा भएको छ । उपरथी बढुवा हुने क्रममा रहेका सहायक रथी केसीलाई जंगीअड्डाले पूर्वी पृतनाको निमित्त प्रमुखको जिम्मेवारी दिएको हो ।

उनको सरुवापछि सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयको प्रमुखको जिम्मेवारी सहायक रथी राजाराम बस्नेतले पाएका छन् ।

उनी हाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका समेत महानिर्देशक हुन् । पूर्वी पृतनाका निवर्तमान प्रमुख पवनराज घिमिरेले चाहिँ निराक्षणाधिकृतको जिम्मेवारी पाएका छन् ।

बिहीबार जिम्मेवारी हस्तान्तरणपछि भएको परिचयात्मक कार्यक्रममा नवनियुक्त सैनिक प्रवक्ता बस्नेतले आफूले सैनिक नागरिक सम्बन्धलाई बलियो बनाउन भूमिका खेल्ने बताए ।

निवर्तमान प्रमुख केसीले सैनिक सूचनालाई जनसमक्ष पुर्‍याउन भूमिका खेलेको भन्दै सञ्चारकर्मीहरूलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?