
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रभु बैंकले प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किममा लगानी आवेदन खुलाएको छ।
- आवेदनमा न्यूनतम १०० र अधिकतम ३१ लाख इकाइको आवेदन गर्न सकिन्छ।
- आवेदन अनलाइन प्रणाली मेरोसेयरमार्फत गर्न सकिन्छ र यो म्युचुअल फन्ड बजारमा कारोबार हुने छैन।
२३ जेठ, काठमाडौं । प्रभु बैंकको कोष प्रवद्र्धनमा सञ्चालन हुने म्युचुअल फन्ड प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किममा लगानी आवेदन खुलेको छ ।
प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि २ करोड ५० लाख इकाइ बिक्रीका लागि आवेदन माग गरिएको छ ।
न्यूनतम १ सय तथा अधिकतम ३१ लाख इकाइका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक प्रभु क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । छिटोमा जेठ २७ तथा सो अवधिमा सम्पूर्ण रुपमा बिक्री नभएमा ढिलोमा असार ६ गतेसम्म आवेदनको म्याद रहेको छ ।
अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । साथै आफ्नो खाता रहेको आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाबाट पनि आवेदन दिन सकिनेछ । क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले यो योजनानलाई ट्रिपल बी माइनस प्रदान गरेको छ । खुल्लामुखी यो म्युचुअल फन्ड बजारमा कारोबार हुने छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4