+
+
Shares

माधव नेपालविरुद्धको मुद्दामा चासो राख्दै प्रचण्डलाई देउवाको फोन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध मुद्दा दायर भएपछि देउवाले प्रचण्डलाई फोन गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २३ गते १५:३२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग फोनमार्फत कुरा गरे।
  • फोनवार्तामा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दाका विषयमा सोधेका थिए।
  • प्रचण्डले भने, ‘देउवाजीले हिजो फोन गर्नुभएको थियो...’ र केहीबेर ठट्टा समेत भएको बताए।

२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फोनवार्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध मुद्दा दायर भएपछि देउवाले प्रचण्डलाई फोन गरेका हुन् ।

स्रोतका अनुसार, उनीहरूबीच हिजो (बिहीबार) नै फोनवार्ता भएको हो ।

प्रचण्डका अनुसार, फोन देउवा आफैंले गरेका थिए ।

संसद् भवनमा केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले यसबारे जानकारी गराएका हुन् ।

‘देउवाजीले हिजो फोन गर्नुभएको थियो । माधव नेपालमाथि जुन मुद्दा दर्ता भयो । त्यो विषयमा के भएको हो भनेर सोध्दै हुनुहुन्थ्यो,’ प्रचण्डले भने, ‘के भएको हो भनेर ? शेरबहादुरजीले मलाई सोध्ने भनेपछि म आफैं आश्चर्यमा परेँ ।’

फोनवार्ताका क्रममा केहीबेर ठट्टा चलेको पनि उनले बताए ।

‘मैले चाहिँ तपाईंलाई पो थाहा हुनुपर्छ भनेँ । उहाँलाई पनि थाहा नभएको बुझेँ मैले,’ प्रचण्डले भनेका छन्, ‘देउवासँग सल्लाहमा मुद्दा दर्ता भएको होइन रहेछ भन्ने मैले बुझेँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?