
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘रियाल रिङ्गेट’को प्रदर्शन मिति १६ साउन तय भएको छ।
- निर्माता कम्पनी रेबेल फिल्म्सले पोस्टर सार्वजनिक गरी जानकारी दिएको हो।
- फिल्मले नेपाली श्रमिकको सामाजिक प्रभावलाई कथावस्तु बनाएको छ।
काठमाडौं । वैदेशिक रोजगारीको सामाजिक प्रभावको कथावस्तुमा बनेको फिल्म ‘रियाल रिङ्गेट’को प्रदर्शन मिति तय भएको छ ।
निर्माता कम्पनी रेबेल फिल्म्सले शुक्रबार पोस्टर सार्वजनिक गर्दै १६ साउनदेखि प्रदर्शन हुने जनाएको हो । विभोर पोखरेलले निर्देशन गरेको फिल्मका लगानीकर्ता गगनलाल प्रधान हुन् ।
पटकथा प्रदीप भारद्वाजको छ । नेपाली श्रमिकको प्रमुख गन्तव्यस्थल कतार, साउदी अरब र मलेसियाको मुद्राको नामबाट फिल्मको शीर्षक राखिएको छ । पोस्टरको ट्यागलाइनमा लेखिएको छ, ‘जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो ।’
फिल्ममा प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिमडोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, बिमला गिरीको अभिनय छ ।
छायाङ्कन भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको छ । काफिया फिल्म्सले वितरण गर्दैछ ।
प्रतिक्रिया 4