+
+
Shares

नागढुंगा-नौबिसे सडक जेठ २६ गतेदेखि थप ५ दिन बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते ११:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सडक मर्मतका कारण नागढुंगा–नौबिसे सडक पाँच दिन बन्द रहनेछ।
  • सडक बन्द हुने समय बिहान साढे १० बजेदेखि ३ बजेसम्म हुनेछ।
  • विकल्पका रुपमा सीतापाइला-रामकोट-धार्के र सामाखुसी-टोखा-छहरे-त्रिशूली सडक प्रयोग गर्न सकिनेछ।

२५ जेठ, काठमाडौं । नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ ।

सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा–मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।

आयोजनाले जारी गरेको सूचनामा लेखिएअनुसार जेठ २६ गतेदेखि ३० गतेसम्म बिहान साढे १० बजेदेखि ३ बजेसम्म सडक बन्द हुनेछ ।

अवधिमा साना तथा मझौला गाडीहरुका लागि सीतापाइला-रामकोट-धार्के सडक र सामाखुसी-टोखा-छहरे-त्रिशूली (विदुर)-गल्छी सडक विकल्पको रुपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?