+
+
Shares

एड सिरनको नयाँ गीत ‘सफायर’मा शाहरुख खान र अरिजित सिंह पनि

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते ११:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एड सिरनले आफ्नो नयाँ गीत ‘सफायर’ भारत यात्राको क्रममा गुपचुप छायांकन गरी सार्वजनिक गरे।
  • भिडियोमा शाहरुख खान र अरिजित सिंहको उपस्थितिले फ्यानहरूलाई उत्साहित बनाएको छ।
  • सामाजिक सञ्जालमा भिडियोका दृश्यहरू भाइरल भइरहेका छन् र फ्यानहरूले यसको प्रशंसा गरेका छन्।

मुम्बई । पपस्टार एड सिरनले आफ्नो नयाँ गीत ‘सफायर’ सार्वजनिक गरेका छन् जुन उनले भारत यात्राको क्रममा गुपचुप शैलीमा छायांकन गरेका थिए । भिडियोमा शाहरुख खान र अरिजित सिंह प्रस्तुत छन् ।

३ मिनेटको यो भिडियो अहिले निकै भाइरल बनिरहेको छ । गायक सिरनले केही समयदेखि यो गीतबारे दर्शकमाझ जानकारी दिँदै आइरहेका थिए । भिडियोका केही दृश्यलाई सामाजिक सञ्जालमा देखाइएका छन्, जसमा उनले अटो रिक्सा चढेको वा फ्यानसँग अन्तक्रिया गरेको भिडियो समावेश छन् ।

अरिजितले सिरनलाई आफ्नो स्कुटरमा राखेर हाँकिरहेको प्रसिद्ध भिडियो पनि यसमा समावेश छ । एड र शाहरुखले नीलमको गीत गाएको सेल्फी पनि भिडियोमा देखाइएको छ ।

एडले केही समयदेखि देसी बीट र लाइन ‘चम चम सितारे वारघी’बारे टिजिङ गरिरहेका छन् । गीतको बारेमा हालैको पोस्टमा एडले शाहरुखलाई उल्लेख गर्दै ‘लभ द्याट गाई’ लेखे र अरिजितलाई आफ्नो गीतको ‘अन्तिम जिग स पीस’ भने ।

उनले अरिजितसँगको गीतको पूर्ण पंजाबी संस्करण चाँडै नै बाहिर आउने कुरा पनि बताएका छन् । भिडियोमा शाहरुखलाई केही सेकेन्डको लागि देखेको भएपनि फ्यान उत्साहित छन् । एक फ्यानले युट्युबमा टिप्पणी गरे, ‘के कोही पनि शाहरुख खानको तस्वीर (मुटुको इमोजी)को बारेमा कुरा गर्दैनन् ?’

अर्कोले लेखे, ‘उनी एकदमै क्युटी पाई हुन् । उनले धेरै स्क्रिन टाइम पाउनुपथ्र्यो ।’ अर्कोले गीतलाई आइकोनिक भने, ‘यो धेरै स्तरहरूमा आइकोनिक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?