+
+
Shares

धितोपत्र बोर्डको क्षमता विस्तार हुन सकेको छैन : अध्यक्ष श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बोर्डको क्षमताको आवश्यक विस्तारमा चुनौती रहेको बताए।
  • उनले पूँजी बजारको तीव्र वृद्धिको अनुपातमा बोर्डको नियामकीय क्षमता कमजोर रहेको उल्लेख गरे।
  • बोर्डले यस आर्थिक वर्षमा ५० अर्ब रुपैयाँ बराबरको धितोपत्र निष्कासन स्वीकृति दिएको र सूचना प्रविधिको प्रयोगमा जोड दिने बताए।

२५ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बोर्डको संस्थागत, प्राविधिक र मानव संशाधन क्षमताको आवश्यक विस्तार हुन नसकेको स्पष्ट पारेका छन् ।

बोर्डको ३३ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूँजी बजारको नियामक निकायको हैसितमा बोर्डलाई प्रभावकारी नियमन र सुपरीवेक्षणका क्षेत्रमा चुनौती थपिएको उल्लेख गरे ।

‘आगामी चुनौतीको गहिरो समीक्षा गर्नु आवश्यक छ’ उनले भने ‘मैले देखेको प्रमुख चुनौती भनेको पूँजी बजारको तीव्र वृद्धिको अनुपातमा बोर्डको नियामकीय क्षमता कमजोर हुनु हो ।’ बोर्ड अहिले क्षमता वृद्धिको दिशातिर नै अघि बढेको उनले बताए ।

सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा समेत बोर्डको सुदृढीकरण गरिने भनी सम्बोधन भएकाले आफू लागिपर्ने उनले बताए । बजेटमा घोषित कार्यक्रम लागु गर्न सकेमा पूँजी बजारको विकासमा कोशेढुंगा सावित हुने उनको भनाइ छ ।

बोर्डले यस आर्थिक वर्षमा मात्रै ५० अर्ब रुपैयाँ बराबरको धितोपत्र तथा पूँजी बजार उपकरण निष्कासनको स्वीकृति दिएको श्रेष्ठले बताए । बोर्डका कर्मचारीको क्षमता अभिवृद्धि, वृत्ति विकासमा अवसर तथा सेवा सुविधाका विषयमा ठोस योजना बनाइ अघि बढ्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

‘बोर्डको नियमन तथा सुपरीवेक्षण कार्यमा सूचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकताका साथ लागु गरी धितोपत्र बजारमा हुने अवाञ्छित क्रियाकलापलाई समयमा नै नियन्त्रण गरी लगानीकर्ताको हकहित संरक्षण तथा बजारलाई स्वच्छ एवम् पारदर्शी बनाई पूँजी बजारप्रति सर्वसाधारण लगानीकर्ताको विश्वास कायम गर्न बोर्ड अझै जिम्मेवारपूर्वक लाग्नेछ’ अध्यक्ष श्रेष्ठले भने । देशव्यापी रुपमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम थप प्रभावकारी रुपमा सञ्चालन गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?