+
+
Shares

सौगात र बेनिशाको ‘कल्ली’ १ फागुनमा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘कल्ली’ नामक फिल्मको पहिलो पोस्टर सार्वजनिक गरिएको छ र १ फागुनमा प्रदर्शन हुनेछ।
  • प्रस्तुतकर्ता किरण नेपालीले दुई पोस्टर सार्वजनिक गरी फिल्मको प्रदर्शन मिति जानकारी दिए।
  • फिल्मले लोभको कथा र मानिसको जीवनमा यसको प्रभावलाई केन्द्रित गरेको छ।

काठमाडौं । लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘कल्ली’को फस्टलुक सार्वजनिक गरिएको छ । यो फिल्म १ फागुनमा प्रदर्शनमा आउने जनाइएको छ ।

प्रस्तुतकर्ता किरण नेपालीले दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जनाएका हुन् । महेश दवाडीको लेखन रहेको फिल्ममा लक्ष्मण सुनारको निर्देशन छ ।

सार्वजनिक दुई पोस्टरमध्ये एकमा अभिनेता सौगात मल्लको पात्र बाघसँग देखिएको छ । क्रोधित मुद्रामा देखिएको उउक्त पात्रको हातमा रगत पोतिएको भाला छ । अर्को पोस्टरमा बेनिशा हमाल, उत्तम प्रधान, नाजिर हुसेन, अर्पण थापा र सुलक्षण भारतीलाई देख्न सकिन्छ ।

फिल्मले लोभको कथा भन्छ । लोभ पलाएपछि मानिसको जिन्दगी कहाँबाट कहाँ पुग्छ र कस्तो परिस्थिती भोग्छ भन्ने कथा यसमा छ । आशिष अविरल, सरित राई, केतन क्षेत्रीको संगीत छ ।

एनवी महर्जनको एक्सन, मिलन श्रेष्ठको सम्पादन, निसाल पौडेलको छायांकन छ । दुई पोस्टरले दर्शकको उत्सुकता र प्रतीक्षा अझै बढाउने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?