
News Summary
Generated by OK AI. Editorially reviewed.- हैदराबादमा नेपाली युवक विजय टोप्पाले गर्भवती प्रेमिका तारा बोहराको हत्या गरेपछि पक्राउ परेका छन्।
- प्रहरीले शव फालिएको स्थान र सीसीटीभी फुटेजको आधारमा उनलाई पक्राउ गरेको र प्रारम्भिक बयानमा स्वीकार गरेको बताए।
- तारा विवाहित थिइन् र दुई सन्तान भएकी थिइन्, उनीहरू लिभिङ टुगेदरमा बस्दै आएका थिए।
२५ जेठ, काठमाडौं । गर्भवती प्रेमिकाको हत्या गरेको आरोपमा हैदराबादमा एक नेपाली युवक पक्राउ परका छन् ।
इण्डिया टुडेका अनुसार, ती युवकमाथि लिभिङ टुगेदरमा रहेकी गर्भवती प्रेमिका ३३ वर्षीय तारा बोहराको हत्या आरोप छ । प्रहरीका अनुसार, हत्यापछि प्रेमिकाको शव लगेज ब्यागमा हालेर सुनसान स्थानमा फालेका भेटिएको छ ।
हत्यामा संलग्न रहेको आरोपमा ३० वर्षीय नेपाली नागरिक विजय टोप्पा उर्फ विल्सनलाई पक्राउ गरिएको हैदराबाद प्रहरीले जनाएको छ । बोहराको शव जुन ४ मा हैदराबादको बाचुपल्लीस्थित आवासीय क्षेत्रमा फालिएको लगेजभित्र फेला परेको थियो ।
विजय एक स्थानीय रेष्टुरेन्टमा कार्यरत सेफ हुन् । उनी तारासँग लिभिङ टुगेदरमा बस्दै आएका थिए । फेसबुकमार्फत चिनजान भएका उनीहरूको पछि प्रेम बसेको खुल्न आएको प्रहरीले जनाएको छ ।
तारा विवाहित थिइन् र उनका दुई सन्तान थिए । तर, उनले अप्रिल १५ मा हैदराबाद आएर विजयसँग बोवरमपेटस्थित भाडाको घरमा बस्न थालिन् ।
मे २३ मा तारा गर्भवती भएको विषयमा विवाद हुँदा विजयले नाइलन झोलाको डोरीले घाँटी थिचेर उनको हत्या गरेको प्रहरीको भनाइ छ । स्थानीय चौकीदारले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले पाँचवटा विशेष टोली बनाएर आरोपीको खोजी थालेको थियो । सीसीटीभी फुटेज र प्राविधिक प्रमाणको आधारमा विजयलाई मेडचल जिल्लाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिले प्रारम्भिक बयानमा आफ्नो कसुर स्वीकार गरेको प्रहरीले दाबी गरेको छ ।
प्रतिक्रिया 4