+
+
Shares

‘लाज शरणम् २’ बन्ने, फिल्मले मनायो प्रदर्शनको १०१ दिन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १४:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘लाज शरणम्’ले काठमाडौंमा १०१औँ दिन मनाएको अवसरमा विद्यार्थीलाई सहयोग प्रदान गरियो।
  • निर्माता नवीन श्रेष्ठले सिन्धुपाल्चोकको बालकल्याण विद्यालयलाई स्कुल ड्रेस, ब्याग र पानी पिउने बोतल प्रदान गरे।
  • फिल्मले काठमाडौंका रञ्जना र बीएसआर हलमा १०१ दिन मनाएको हो र ‘लाज शरणम् २’ को निर्माण तयारी भइरहेको छ।

काठमाडौं । फिल्म ‘लाज शरणम्’ले प्रदर्शनको १०१औँ दिन मनाएको छ । सो अवसरमा विद्यार्थीलाई सहयोग प्रदान गरियो ।

निर्माताले सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिका ५ स्थित बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ३० थान स्कुल ड्रेस, ब्याग र पानी पिउने बोतल प्रदान गरेको हो ।

निर्माता नवीन श्रेष्ठले उक्त सहयोग हस्तान्तरण गरेका हुन् । ‘यो अवसरका निम्ति आयोजक मदर किड्स फाउन्डेसन नेपाल र एसीके केटिएम सिन्धु चौतार सिटीलाई धन्यवाद दिन्छु’ श्रेष्ठले भने, ‘आउँदा दिनमा सामाजिक काममा सहकार्य गर्दै जानेछौँ ।’

कुमार कट्टेलको निर्देशन रहेको यो फिल्मले काठमाडौंका रञ्जना र बीएसआर हलमा १०१ दिन मनाएको हो । शिवरात्रिको अवसरमा यो फिल्म १४ फागुनमा प्रदर्शनमा आएको हो ।

‘लाज शरणम्’ गत वर्ष कात्तिक १५ गते रिलिज भएको ‘पूर्णबहादुरको सारङ्गी’पछि १०१ दिन मनाउने पहिलो फिल्म हो ।

निर्माता श्रेष्ठले ‘लाज शरणम् २’ पनि निर्माणको तयारी भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?