+
+
Shares

संसद्‌ भवनमै संवादमा जुटे कांग्रेस–माओवादी नेताहरू

नयाँ बानेश्वरस्थित संसद्‌ भवनमै दुई पार्टी (कांग्रेस–माओवादी)का नेताहरू संवादमा जुटेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १५:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २५ जेठ, काठमाडौंमा प्रतिनिधि सभाको बैठक स्थगित हुँदा कांग्रेस र माओवादी केन्द्रका नेताहरू छलफलमा जुटेका छन्।
  • नेता ज्ञानेन्द्र कार्की, पूर्णबहादुर खड्का, वर्षमान पुन, शक्तिबहादुर बस्नेत र हितराज पाण्डे छलफलमा सहभागी भएका छन्।
  • प्रचण्डले शेरबहादुर देउवालाई भेटेर छलफल र बैठकको विषयबारे जानकारी दिएका छन्।

२५ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक चल्न नसकिरहेका बेला प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताहरू छलफलमा जुटेका छन् ।

नयाँ बानेश्वरस्थित संसद्‌ भवनमै दुई पार्टीका नेताहरू संवादमा जुटेका हुन् ।

छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्र कार्कीलगायत रहेका छन् । माओवादी केन्द्रका उपमहासचिवद्वय वर्षमान पुन, शक्तिबहादुर बस्नेत रहेका छन् । यसका अलावा प्रमुख सचेतक हितराज पाण्डे पनि निरन्तर संवादमा छन् ।

गत शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयमले कांग्रेसका नेताहरू खड्का,  कार्की, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलगायतसँग छलफल गरेका थिए ।

कांग्रेससँगको छलफलमा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे समेत सहभागी हुँदै आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले समेत कांग्रेसका नेताहरूसँग संवाद गर्दै आएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले शनिवार कांग्रेसका सभापति शेरबहादुर देउवालाई नै भेटेका थिए । देउवालई भेट्न प्रचण्ड उनकै निवास बुढानीलकण्ठ पुगेका थिए ।

आइतबार विपक्षी दलहरूको बैठकमा प्रचण्डले देउवासँगको भेटबारे बृफिङ गरेका थिए । विपक्षी दलहरूको बैठकपछि माओवादी र कांग्रेसका नेताहरू छलफलमा जुटेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?