+
+
Shares

‘द अग्लिज’ फर्किने तय, घोषणा गर्‍यो नेपाल टूर २०२५ ‘घर जाने’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १५:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘द अग्लिज’ नेपाली सांगीतिक समूहले नयाँ ट्रयाक ‘छोटो गीत’ र ‘घर जाने : नेपाल टूर २०२५’को घोषणा गरेको छ।
  • समूहले नयाँ लाइनअप सहित काठमाडौं, पोखरा, बुटवल, धरान, चितवन र बिराटनगरमा प्रस्तुति दिने अपेक्षा गरिएको छ।
  • संगीत समूह सन् २०२४ मा अस्ट्रेलियाको सिड्नीमा पुनःएकीकरण भएको थियो।

काठमाडौं । चर्चित नेपाली सांगीतिक समूह ‘द अग्लिज’ लामो समयको अन्योलतापछि फर्किने निश्चित भएको छ । शनिबार ‘छोटो गीत’ नामक नयाँ ट्रयाक सार्वजनिक गरेको ब्याण्डले ‘घर जाने : नेपाल टूर २०२५’को घोषणा गरेको छ ।

उसको यो टूरलाई नेपालको सांगीतिक फाँटमा पुनरागमनको रुपमा हेरिएको छ । शनिबार नयाँ गीतसँगै ब्याण्डले यो प्रतीक्षित टूरको घोषणा गरेको हो । प्रशंसकले वर्षौैंदेखि ब्याण्ड फर्किने प्रतीक्षा गरिरहेका थिए ।

सरुन ताम्राकार मुख्य गायक रहेको यो ब्याण्ड नयाँ लाइनअपको पनि निर्माण गरेको छ । जसमा सरुन भोकल्स र गितार, सोनम लामा गितार, अनुज श्रेष्ठ ड्रम्स, निशान श्रेष्ठ बास, रक्षकभुषण बज्राचार्य गितार छन् ।

रिलिज टूरको मिति घोषणा नगरिएपनि काठमाडौं, पोखरा, बुटवल, धरान, चितवन र बिराटनगरमा ब्याण्डले प्रस्तुति दिने अपेक्षा गरिएको छ । यसअघि ब्याण्डले आउँदै जाँदै, माया, साथी, घर जाने जस्ता हिट गीतहरू दिएको छ ।

‘द अग्लिज’ सन् २०२४ मा अस्ट्रेलियाको सिड्नीमा पुनःएकीकरण भएको थियो । मुख्य ताम्राकार लामो समयदेखि अस्ट्रेलियामा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?