
News Summary
Generated by OK AI. Editorially reviewed.- धनगढी–अत्तरिया सडकखण्डमा आइतबार बिहान स्कुटर दुर्घटना हुँदा चालक छोटेलाल चौधरीको मृत्यु भएको छ ।
- प्रहरीले बताए अनुसार, दुर्घटना स्कुटर अनियन्त्रित भएर सडकको डिभाइडरमा ठोकिँदा भएको हो।
२५ जेठ, धनगढी । धनगढीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–१३ मोहनपुरस्थित धनगढी–अत्तरिया सडकखण्डमा आइतबार बिहान अत्तरियातर्फ जाँदै गरेको सुपप्र०१०१२प ४६४८ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक धनगढी-७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए ।
उनकाअनुसार स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिँदा दुर्घटना भएको हो ।
टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि माया मेट्रो अस्पताल धनगढी लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषित गरेको सिंहले बताए ।
उनकाअनुसार स्कुटर पछाडि सवार धनगढी-१२ बस्ने ३२ वर्षीया सीता कुस्मी घाइते भएकी छन् ।
उनको पनि माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया 4