
News Summary
Generated by OK AI. Editorially reviewed.- बिमलेन्द्र निधिले संसदीय प्रणाली अनुसार संसद् सञ्चालन गर्न माओवादी केन्द्रलाई आग्रह गरे।
- उनले रवि लामिछानेमाथिको मुद्दा र गृहमन्त्री रमेश लेखकमाथि आरोप नरहेको बताए।
- निधिले राजालाई फर्काउने कुरा निरर्थक र जनताको अधिकार खोस्ने प्रयास भएको बताए।
२५ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका बिमलेन्द्र निधिले संसदीय प्रणालीको नियमानुसार संसद् सञ्चालन गर्नेगरी अघि बढ्न प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई आग्रह गरेका छन् ।
आइतबार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
माओवादीकै हातमा संसद् चल्न दिने वा नदिने भन्नेकुरा निर्भर रहेको बताउँदै उनले संसदीय प्रणालीमा आइसकेपछि संसदीय प्रणालीको नियमअनुसार संसद् सञ्चालन गर्न दिन आग्रह गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेमाथिको जस्तो मुद्दा नरहेको र वर्तमान गृहमन्त्री रमेश लेखकमाथि कुनै आरोप समेत नलागेको उनको भनाइ थियो ।
‘संसदलाई माओवादीकै तर्फबाट अवरोध गर्ने काम गर्नु भएन भनेर म माोवादीसँग आग्रह गर्न चाहन्छु । यहाँ छानबिन हुँदैछ । अख्तियारले छानबिन गरिरहेकै छ यो भिजिट भिसाको बारेमा । रास्वपाका नेताको जस्तो विषय होइन यो,’ उनले भने, ‘रास्वपाको नेतालाई त छानबिन गर्दै गर्दा अनुसन्धान गर्दैगर्दा बोलेकै थियो । रवि लामिछानेको घटनामा तपाईंमाथि यस्तो भनिएको छ, तपाईं किन बोल्नुहुन्न भन्ने तर्क तपाईंको यसमा लागू हुँदैन । तर्क नै छैन ।’
छानविन भइरहेको बेलामा राजीनामा माग गरेर संसद अवरुद्ध गराउनु राम्रो कुरा नभएको उनले बताए ।
‘माओवादी नेताहरूलाई म आग्रह गर्दछु, समाचारमा आइरहेको छ, लचक भइरहेको छ रे, कुन चाहीँ लचक हो थाहा छैन,’ निधिले भने, ‘अब प्रतिनिधि सभा संसदीय प्रणालीमा तपाईंहरू आइसक्नुभएको छ । संसदीय प्रणालीको ल अनुसार त्यसलाई सञ्चालन गर्ने कुरामा सहयोग गर्नुपर्छ ।’
फरक प्रसंगमा राजा फर्काउने कुरा निरर्थक रहेको उनले बताए । नेपाली जनताले पटक पटक राजालाई साथ दिएको भन्दै जति साथ दिएपनि त्यसको बदलामा जनताको अधिकार खोसेर धोका दिएको उनले बताए ।
प्रतिक्रिया 4