
२५ जेठ, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा आइतबार दिनभर बिजुली झ्याप झ्याप काटिइरहेको छ ।
बिजुली जाने आउने गर्दा यो क्षेत्रका स्थानीय मर्कामा परेका छन् । कार्यालय समयमै बिजुली झ्याप झ्याप काटिँदा के भएको भन्ने चासो आम सर्वसाधारणलाई परेको छ ।
यद्यपि यसबारे नेपाल विद्युत् प्राधिकरणले केही जानकारी गराएको छैन ।
हामीले प्राधिकरण र नयाँ बानेश्वर वितरण केन्द्रलाई पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेको छैन ।
प्राधिकरणका प्रवक्ता राजन ढकाल पनि सम्पर्कमा आउन चाहेका छैनन् ।
केही समययता राजधानीमा पटकपटक बिजुली जाने गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4