+
+
Shares

भन्सारमा हुने सर्भरको समस्या समाधान गर्न भन्सार एजेन्ट महासंघको माग

भन्सार एजेन्ट महासंघ, नेपाल को १६औं स्थापना दिवसका अवसरमा आइतबार विराटनगरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी बक्ताहरुले देशभरका भन्सारमा तत्काल सर्भर अपग्रेड गरी सेवालाई सहज बनाउनुपर्नेमा जोड दिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भन्सार एजेन्ट महासंघले सर्भर समस्या समाधान गर्न माग गरेको छ र यसले राजस्व संकलनमा असर परेको बताएको छ।
  • कार्यक्रमका प्रमुख अतिथि विराटनगर भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठले भन्सारमा सर्भर अपग्रेड आवश्यक रहेको बताए।
  • संघले देशभरका भन्सारमा कार्यक्षमता सुधार र तत्काल सर्भर अपग्रेड गर्न जोड दिएको छ।

२५ जेठ, काठमाडौं । भन्सारमा हुने सर्भरको समस्या समाधान गर्न भन्सार एजेन्ट महासंघले माग गरेको छ । भन्सारमा सर्भरको समस्याले भन्सार एजेन्ट व्यवसायीले सास्ती खेप्नुपरेको भन्दै समाधान गर्न महासंघले माग गरेको हो ।

सर्भरको समस्याले देशको राजस्व असुलीमा समेत असर पारेको महासंघको ठहर छ । भन्सार एजेन्ट महासंघ, नेपाल को १६औं स्थापना दिवसका अवसरमा आइतबार विराटनगरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी बक्ताहरुले देशभरका भन्सारमा तत्काल सर्भर अपग्रेड गरी सेवालाई सहज बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले भन्सार एजेन्टहरुले उद्योगी व्यावसायी र भन्सार प्रशासनमा सहजिकरण गर्दै राजश्व संकलनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए । उनले भन्सारमा हुने सर्भर समस्या देशकै समस्या भएको भन्दै सर्भरको अपग्रेड गरी समाधान गर्नुपर्ने बताए ।

महासंघका महासचिव भोलानाथ अर्यालले संचालन गरेको कार्यक्रममा महासंघका संस्थापक डा. शन्तकुमार शर्माले भन्सार एजेन्ट महासंघको स्थापना, उद्देश्य र आवश्यकताबारे प्रकाश पारेका थिए ।

महासंघका सचिव प्रविण जोशीले विराटनगर भन्सार कार्यालय मा रहेका समस्या बारे चर्चा गर्दै भन्सार जाँचपास भन्सार एजेन्टबाट गराउनुपर्ने, भन्सारमा भन्सार एजेन्टहरुको कार्य कक्ष हुनुपर्ने बताए ।

भन्सार एजेन्ट महासंघका अध्यक्ष प्रचिन थैवको सभापतित्वमा भएको कार्यक्रममा भन्सार एजेन्ट महासंघ नेपाल, विराटनगर भन्सार एजेन्ट संघ, नेपाल भन्सार एजेन्ट संघ रसुवा, नेपाल भन्सार एजेन्ट संघ काठमाडौंका प्रतिनिधिहरु सहभागी थिए ।

यस्तै नेपाल भन्सार एजेन्ट संघ रुपन्देहि, नेपाल भन्सार एजेन्ट विरगञ्ज, नेपाल भन्सार एजेन्ट संघ नेपालगञ्ज लगायत ट्रान्स नेपाल, मोरङ उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघ कोशी प्रदेश, मोरङ उद्योग व्यापार संघका प्रतिनिधिहरु सहभागी भएको महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?