+
+
Shares

वाईसीएलको जम्बो कार्यसमिति : २२ उपाध्यक्ष, ३१ सचिव

पदाधिकारीको संख्या बढाएर ७५ पुर्‍याइयो

यसअघि ३५ सदस्यीय पदाधिकारीको संख्या बढाएर ७५ पुर्‍याइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १९:४३

२५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)को नयाँ कार्यसमिति घोषणा भएको छ ।

यसअघि ३५ सदस्यीय पदाधिकारीको संख्या बढाएर ७५ पुर्‍याइएको छ । जस अनुसार, अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाहीको नाम निर्विरोध भएको हो ।

त्यस्तै, २२ जना उपाध्यक्ष बनेका छन् । उनीहरू सबै निर्विरोध भएको घोषणा गरिएको छ ।

उपमहासचिव १९ जना बनेका छन् । ३१ जना सचिव बनेका छन् भने एक जना कोषाध्यक्ष बनेका छन् ।

वाईसीएलको नेतृत्वका लागि दर्जन बढी आकांक्षी थिए । यद्यपि, उनीहरूबीच लामो समयको छलफलपछि आज नयाँ कार्यसमिति घोषणा गरिएको छ ।

वाईसीएलको नेतृत्व चयनमा सहमति जुट्न नसक्दा पटकपटक निर्वाचन कार्यतालिका संशोधन गरिएको थियो ।

उनीहरूको शपथ पनि आजै हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?