+
+
Shares

भिजिट भिसा प्रकरण : संयन्त्र कि छानबिन समिति भन्नेमा छलफल जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते १२:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सहमतिको प्रयासमा दलहरू बहुपक्षीय र दुई पक्षीय छलफलमा छन्।
  • सत्तापक्षले भिजिट भिसा प्रकरणको अनुसन्धान र संयन्त्रको व्यवस्था गर्ने प्रस्ताव ल्याएको छ।
  • विपक्षी दलहरूले प्रस्तावमा असहमति जनाउँदै बैठक स्थगित गर्न चाहन्छन्।

२६ जेठ, काठमाडौं । भिजिट भिसा प्रकरणमा दलहरू सहमतिको प्रयासमा छन् । सहमतिको भाषा के गर्ने भन्नेमा कुरा मिलेको छैन ।

प्रतिनिधि सभाको बैठक दिउँसो २ बजे बस्दैछ । त्यस अगाडि सहमतिको प्रयास हुने माओवादीका प्रमुख सचेतक हितराज पाण्डे बताउँछन् ।

दलहरू बहुपक्षीय र दुई पक्षीय छलफलमा छन् । नेताहरूका अनुसार सहमतिको मस्यौदामा सहमति खोजिँदैछ ।

सत्तापक्षले सहमतिको मस्यौदा बनाउने जिम्मेवारी लिएको छ । त्यसअनुसार सत्तापक्षले ल्याएको मस्यौदाको पहिलो बुँदामा भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सघाउने उल्लेख छ ।

दोस्रो बुँदामा अख्तियारले अनुसन्धान सकाएपछि ‘समग्रतामा हेर्न आवश्यक संयन्त्र व्यवस्था गर्ने’ भनिएको छ । सत्तापक्षले ल्याएको यस्तो भाषामा विपक्षीले असहमति जनाएका छन् ।

माओवादी र रास्वपाले ‘संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन समिति’ भन्ने शब्द राख्नुपर्ने प्रस्ताव राखेका छन् ।

दुई पक्षले राखेको भाषालाई मिलाएर साझा मस्यौदा बनाउने पर्यास हुने नेताहरू बताउँछन् ।

विपक्षी दलहरूले जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणको विषय उठाएर प्रतिनिधि सभाको बैठक चल्न दिएका छैनन् । आज सहमति भए दिउँसो २ बजे प्रतिनिधि सभाको बैठक कार्यसूचीमा अगाडि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?