
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार स्याउको मूल्यमा गिरावट देखाएको जनाएको छ।
- फुजी स्याउको मूल्य प्रतिकिलो ५० रुपैयाँ घटेर औसत मूल्य २७२ रुपैयाँ रहेको छ।
- आइतबार फुजी स्याउको मूल्य अधिकतम ३ सय ८० र औसत ३ सय २२ रुपैयाँ थियो।
२६ जेठ, काठमाडौं । स्थानीय बजारमा स्याउको मूल्यमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार स्याउको मूल्यमा गिरावट देखाएको हो ।
आज सोमबार फुजी स्याउको मूल्य प्रतिकिलो ५० रुपैयाँ घटेको छ । आज फुजी स्याउको मूल्य थोकमा प्रतिकिलो अधिकतम ३ सय रुपैयाँ कायम छ । औसतमा भने २ सय ७२ रुपैयाँ कायम छ ।
आइतबार फुजी स्याउ प्रतिकिलो अधिकतम ३ सय ८० रुपैयाँ र औसत ३ सय २२ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै झोले स्याउ प्रतिकिलो २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
जेठ पहिलो साता फुजी स्याउ थोकमा प्रतिकिलो अधिकतम ३ सय २० रुपैयाँ र औसतमा २ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4