
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको अनुसार, काठमाडौंको बजारमा गाजरको मूल्य सोमबार ६० रुपैयाँ पुगेको छ।
- गाजरको मूल्य आइतबारको ५१ रुपैयाँ भन्दा ९ रुपैयाँले बढेको छ र जेठको पहिलो सातादेखि क्रमिक रुपमा मूल्य बढिरहेको देखिन्छ।
- गाजरको मूल्य ९ जेठमा २० देखि ३० रुपैयाँ र ११ जेठमा ४० देखि ५० रुपैयाँको बीचमा कारोबार भएको थियो।
२६ जेठ, काठमाडौं । बजारमा गाजरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार गाजरको भाउ बढेको देखाएको हो ।
सोमबार लोकल गाजर प्रतिकिलो ६० रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य आइतबारको तुलनामा ९ रुपैयाँ बढी हो । आइतबार गाजर प्रतिकिलो ५१ रुपैयाँमा किनबेच भएको थियो ।
जेठको पहिलो सातादेखि गाजरको भाउ क्रमिक रूपमा बढ्न थालेको देखिन्छ । ९ जेठमा प्रतिकिलो न्यूनतम २० रुपैयाँ र अधिकतम ३० रुपैयाँमा कारोबार भएको गाजर ११ जेठमा प्रतिकिलो न्यूनतम ४० देखि अधिकतम ५० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4