+
+
Shares

मिस सुप्रन्यासनलमा सहभागी हुन दीक्षा पोल्याण्डतर्फ प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दीक्षा अवस्थीले सोमबार पोल्याण्ड प्रस्थान गरेकी छन् र उनी सन् २०२५ को मिस सुप्रन्यासनल नेपाल हुन्।
  • प्रतियोगिता ९ देखि २८ जुनसम्म पोल्याण्डको मोलोपोलोस्कामा आयोजना हुनेछ र फिनाले २७ जुनमा हुनेछ।
  • ७० मुलुकका प्रतियोगी सुन्दरीहरूले प्रतिस्पर्धामा भाग लिँदैछन् र दीक्षा अवस्थीले आफूलाई खुसी लागेको बताइन्।

काठमाडौं । प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस सुप्रन्यासनल’मा सहभागी हुन दीक्षा अवस्थी सोमबार पोल्याण्ड प्रस्थान गरेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई राष्ट्रिय झण्डासहित बिदाइ गरिएको थियो ।

अवस्थी सन् २०२५ की मिस सुप्रन्यासनल नेपाल हुन् । ९ देखि २८ जुनसम्म पोल्याण्डको मोलोपोलोस्का क्षेत्रमा प्रतियोगिताको १६ औं संस्करण आयोजना हुँदैछ । फिनाले २७ जुनमा हुँदैछ ।

७० मुलुकका प्रतियोगी सुन्दरीले प्रतिस्पर्धामा भाग लिँदैछन् । त्यसतर्फ लाग्नुअघि नेपालको प्रतिनिधित्व गरेर जान पाउँदा आफूलाई खुसी लागेको उनले बताइन् ।

सुप्रन्यासनल प्रतिस्पर्धामा इभिनिङ गाउन, स्विमवेयर, नेसनल कस्ट्युम, ट्यालेन्ट, इन्टरभ्यूज र सांस्कृतिक प्रस्तुति लगायतका राउण्ड हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?