
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा बैठक २६ जेठ काठमाडौंमा आधा घन्टाका लागि स्थगित भयो।
- प्रतिपक्षी दलहरूले अवरोध गरेपछि सभामुखले बैठक स्थगित गर्नुभयो।
- गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीहरूले अवरोध जारी राखेका छन्।
२६ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित भएको छ ।
प्रतिपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको जानकारी गराएका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले बैठक अवरोध गर्दै आइरहेका छन् ।
अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति हुन सकेको छैन् ।
रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको छ भने माओवादी केन्द्रले मध्यमार्गी प्रस्तावको बाटोमा जानुपर्ने बताएको छ ।
आजै कांग्रेस सांसद पूर्णबहादुर खड्का र प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपा प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका थिए ।
तर, कांग्रेसले अख्तियारमा छानबिन भइरहेको विषयमा संसदीय समिति वा अर्को छानबिन समिति नबनाउने भनेपछि रास्वपा संसद्को अवरोध खुलाउन तयार नभएको हो ।
प्रतिक्रिया 4