
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा आयोजित ‘वर्ल्ड फुड सेफ्टी सिस्टम’ कार्यशालामा विश्व, सार्क र नेपालका खाद्य सुरक्षा अवस्थाको विश्लेषण गरिएको छ ।
- कार्यशालामा मन्त्री, विभाग प्रमुख र विशेषज्ञहरूले आगामी एक वर्षभित्र गर्नुपर्ने कार्यहरूमा छलफल गरे।
२६ जेठ, काठमाडौं । १७औं राष्ट्रिय खाद्य स्वच्छता दिवस तथा सातौं विश्व खाद्य स्वच्छता दिवसका अवसरमा आयोजित एक दिवसीय ‘वर्ल्ड फुड सेफ्टी सिस्टम’ कार्यशाला सम्पन्न भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ तथा आइडिया टु इम्प्याक्टको सहकार्यमा ललितपुरस्थित होटल हिमालयमा आयोजित कार्यशालामा विश्व, सार्क र नेपालको वर्तमान अवस्था, भविष्यमा गर्नुपर्ने कार्यबीचको अन्तरविश्लेषण लगायत आगामी एक वर्षभित्र गर्न सकिने अत्यावश्यक कार्यको महत्त्वपूर्ण विश्लेषण, बहस, विचार र संवाद गरिएको थियो ।
खाद्य प्रविधि विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले अध्यक्षता गरेको उक्त कार्यक्रमलाई कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी तथा मन्त्रालयका सचिव (कृषि विकास) डा. श्रीगोबिन्दप्रसाद शर्माले सम्बोधन गरेका थिए ।
कार्यक्रममा विभागका उपमहानिर्देशक सोमकान्त रिजाल, नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघका पूर्वअध्यक्ष तथा वरिष्ठ खाद्य वैज्ञानिक डा. देवभक्त शाक्यले आ–आफ्नो धारणा राखेका थिए ।
संघका अध्यक्ष होमनाथ न्यौपानेको अध्यक्षतामा सम्पन्न दोस्रो सत्रमा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरञ्जन श्रेष्ठ, विभागका महानिर्देशक कर्ण, कृषि मन्त्रालय अन्तर्गत योजना तथा विकास सहायता समन्वय महाशाखाका सहसचिव डा. हरिबहादुर केसी, डब्लूएफपीका सामाजिक सुरक्षा प्रमुख नाथानियल ग्लिडेन, मन्त्रालयका सहसचिव तथा राष्ट्रिय खोप उत्पादन प्रयोगशाला प्रमुख डा. विनयकुमार कर्णले फुड सेफ्टी सिस्टमका विभिन्न विषयमा छलफल गरेका थिए ।
पूर्णसत्रलाई संघका पूर्वअध्यक्ष तथा आइडिया टु इम्प्याक्टका अध्यक्ष अतुल उपाध्यायले मध्यस्थकर्ताको भूमिका निभाएका थिए ।
कार्यशालामा नेपाल सरकारका पूर्वसचिव उत्तमकुमार भट्टराई तथा जीवन प्रभा लामा, काठमाडौं महानगरपालिका कृषि तथा पशुपन्छी विभाग प्रमुख नूरनिधि न्यौपाने, कृषि उद्यम केन्द्रका प्रमूख कार्यकारी अधिकृत दीपेन्द्र जोशी, डाङ्गोटे समूह, नाइजेरिया एफ ग्रुपका महाप्रबन्धक हिक्मतबहादुर थापा लगायत सहभागी थिए ।
प्रतिक्रिया 4