+
+
Shares

बाम्का बजारका आगलागी पीडितलाई पुनःस्थापना गर्न सरकारसँग माग

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद मदनकुमारी शाहले बाजुराको बाम्का बजार आगलागीमा १३ पसल र २ होटल पूर्णरुपमा नष्ट भएको जानकारी दिइन्।
  • उनीहरूले सरकारसँग पीडितलाई राहत र पुनःस्थापनाको माग गरेकी छन् र दमकलको अभावले क्षति बढेको बताए।
  • सांसद शाहले आगलागीको जिम्मा सरकारले लिनुपर्ने र तत्काल पुनःस्थापनाको जोडदार माग गरेकी छन्।

२६ जेठ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी शाहले बाजुराकोे बाम्का बजारमा भएको आगलागी पीडितलाई पुनःस्थापना गर्न सरकारसँग माग गरेकी छिन् ।

सोमबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद शाहले बाम्का बजार आगलागीमा १३ पसल र २ वटा होटल पूर्णरुपमा नष्ट भएको जानकारी दिइन् ।

पीडित व्यापारीलाई राहत र क्षतिपूर्तिसहित छिटोभन्दा छिटो पुनःस्थापनाको माग गर्दै सांसद शाहले सरकारले बाजुरालाई एउटा दमकलसमेत दिन नसक्दा यति ठूलो क्षति भएको भन्दै घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने बताइन् ।

‘यही जेठ २३ गते बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको बाम्का बजारमा भिषण आगलागी हुँदा १३ पसल र २ वटा होटल सम्पूर्ण रुपमा नष्ट भएका छन् । ३४ वटा पसल र होटलमा क्षति भएको छ,’ उनले भनिन्, ‘आगलागीबाट १९ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण छ । यो दुःखद् घटनाप्रति दुःख व्यक्त गर्दछु, पीडितहरुप्रति सहानुभुति प्रकट गर्दछु । पीडित व्यापारीहरुलाई राहत र क्षतिपूर्ति दिएर तुरुन्त पुनःस्थापना गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

उनले अब्राहम लिंकनको भनाइ उद्धृत गर्दै हजार जना मूर्ख भएपनि देशलाई खासै असर नपर्ने तर एक नेता मूर्ख भए देश डुब्ने र जनताले दुःख पाउने बताइन् ।

‘अब्राहम लिंकनको एउटा भनाइ छ– हजार जना मूर्ख भएपनि देशलाई खासै असर पर्दैन तर एक नेता मूर्ख भए देश डुब्छ र जनताले दुःख पाउँछन्,’ उनले भनिन्, ‘अर्बौं लगाएर भ्यू टावर बनाउने सरकारले बाजुरालाई एउटा दमकल दिन सकेन । दमकल भएको भए सम्भवतः यति ठूलो क्षति हुने थिएन । तसर्थ क्षतिको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्छ भनी जोडदार माग गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?