+
+
Shares

बाम्का बजार आगलागी : १९ करोड क्षति, कसको कति ?

प्रकाश सिंह प्रकाश सिंह
२०८२ जेठ २५ गते २०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुढीगंगा नगरपालिका-६ बाम्का बजारमा शुक्रबार आगलागीले १९ करोड ६ लाख ४० हजार ९ सय ९९ रुपैयाँको क्षति भएको छ।
  • आगलागीमा ३४ वटा पसल र होटल जलेर नष्ट भए, जसमा १३ पसल र २ होटल पूर्ण रूपमा जलेका छन् ।

२५ जेठ, बाजुरा ।    बाजुराको बुढीगंगा नगरपालिका- ६ बाम्का बजारमा शुक्रबार भएको आगलागीमा १९ करोड रुपैयाँ बढीको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँका अनुसार आगलागीमा परी १९ करोड ६ लाख ४० हजार ९ सय ९९ रुपैयाँ बराबरको क्षति भएको छ ।

पीडित, प्रहरी, नगरपालिका र सरोकारवाला सबैले सहकार्यमा उक्त क्षतिको विवरण सार्वजनिक गरिएको नगर प्रमुख बानियाँले बताए ।

आगलागीमा परी ३४ वटा पसल तथा होटलमा क्षति भएको छ । जसमध्ये १३ वटा पसल र २ वटा होटल भने जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।

शुक्रबार दिउँसो नवदुर्गा होटलमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा बाम्का बजारमा रहेका पसल तथा होटल जलेर सखाप भएका हुन् । बाम्का बजारमा सडकको तल र माथि गरी १ सय बढी पसल थिए । अधिकांश पसलहरू टिनको टहरामा रहेका थिए ।

आगलागी सुरु भएको नवदुर्गा होटल सडकको तल्लोतिर रहेको थियो । तल्लो भेगका सबै पसल जलेका थिए ।

स्थानीय व्यापारी रामबहादुर ऐडीले आगलागीबाट क्षणभरमै सबै सम्पत्ति जलेर खरानी भएको बताए । ‘करोडौंको व्यापार थियो । यहाँका सबै व्यापारी अहिले सडकमा पुगेका छन् । साहुको तिर्नु सबै रह्यो, तर आफूले उठाउनुपर्ने रकमको खातासमेत जलेर खरानी भयो । लाखौं उधारो रकम उठाउनु थियो, सबै प्रमाण नष्ट भएपछि निकै समस्या भएको छ,’ उनले भने ।

बडिमालिका जनरल स्टोर तथा आयल जनरल स्टोरका सञ्चालका उद्धव थापाले शरीरमा लगाएको एकसरो लुगाभन्दा बाहेक केही नबचेको बताए । ‘बाम्का बजारमा व्यवसाय गर्न लागेको वर्षौं भयो, सबै लगानी यसैमा थियो । क्षणभरमै सबै खुसी लुटेर लग्यो,’ उनले भने ।

बुढीगंगा नगरपालिका प्रमुख बानियाँले आगलागीपीडितको राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । तिनै तहको सरकार तथा अन्य निकायलाई सहयोग गर्न उनको आग्रह छ ।

बुढिगंगा नगरपालिकाले आगलागी पीडितका लागि राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । पालिकाले उक्त राहत कोषमा ५ लाख हाल्ने निर्णय गरेको छ ।

सूदुरपश्चिम प्रदेश सरकारले आगलागी पीडितका लागि ४० लाख रुपैयाँ वितरण गर्ने निर्णय गरेको छ ।

क्षतिको विवरण

१) नेहा एन्ड निसान फेन्सी स्टोर, रामचन्द्र गिरी ९ लाख

२) कैलाश हेयर कटिङ कस्मेटिक, नन्द मिजार १२ लाख

३) एसआर कस्मेटिक एन्ड किराना पसल, सुशील थापा ५२ लाख ४३ हजार

४) एन्जलस पुस्तक पसल, तेजबहादुर बोहरा ५७ लाख ४५ हजार

५) नाटेश्वरी जनरल स्टोर, चन्द्र ऐडी ८७ लाख २६ हजार २५०

६) अनिल फेन्सी स्टोर, धर्म साउद १ करोड ९५ लाख २४ हजार ५००

७) राज मोबाइल ग्यालरी, मनिराम पाध्या १५ लाख ६९ हजार

८) आशिष सुनचाँदी पसल, अर्जुन सुनार  ९६ हजार

९) आरके ब्रदर्स जनरल स्टोर, दिपक साउद ७३ लाख २८ हजार ५००

१०) एचडीके इलेक्ट्रोनिक अल पसल, प्रतिमा बोहरा ४२ लाख ७८ हजार ९५६

११) एसबी बुढा होटल, पवन बुढा २३ लाख ७६ हजार

१२) रोयल सुनचाँदी पसल, मनिष खनाल १३ लाख ६ हजार ७००

१३) रेनुका जुत्ता चप्पल सिलाइ सेन्टर, सरोज सार्की ६ लाख

१४) कोपिला फेन्सी स्टोर, महारुद्र न्यौपाने १६ लाख ४५ हजार

१५) भुपाल थापा किराना पसल ४ लाख ५० हजार

१६) नवदुर्गा बसिबियाँलो फर्निचर तथा होटल २ करोड २१ लाख ६६ हजार ५००

१७) मष्टामाण्डौ सुनचाँदी पसल, सुनिल बराल ७१ लाख ४३ हजार ४८९

१८) आरबी जनरल स्टोर १ करोड ३५ लाख २७ हजार ९५०

१९) एभरेष्ट फेन्सी स्टोर, शान्ति साउँद ३ लाख ८१ हजार ५००

२०) मातृका फेन्सी स्टोर, प्रतिभा कटुवाल ३७ लाख २५ हजार

२१) नवदुर्गा बसिबियाँलो फर्निचर उद्योग, तोयानाथ २१ लाख ९ हजार

२२) एलिना फेन्सी स्टोर, गोर्कणबहादुर शाही १ लाख १५ हजार

२३) पुष्कर शाह १ लाख ५६ हजार

२४) बडिमालिका भोजनालय, रंग खड्का ४ लाख ८२ हजार

२५) न्यौपाने किराना मदिरा तथा तरकारी फलफूल सप्लार्यस, डम्मरा भट्टराई ३ करोड ७ लाख ७३ हजार ३६७.४९

२६) एन्जिला कस्मेटिक पसल एन्ड जनरल स्टोर, छत्रबहादुर  थापा १९ लाख ६५ हजार ६००

२७) शंकरमानदेव सुनचाँदी पसल, गोपाल सुनार २ लाख ४५ हजार

२८) विनोद जनरल स्टोर, भगत गिरी ४ लाख ८३ हजार

२९) प्रतीक्षा कस्मेटिक एन्ड जनरल स्टोर, टीका गिरी ४५ हजार

३०) बडिमालिका जनरल स्टोर, उद्धव थापा अशोक थापा २ करोड १६ लाख ७४ हजार ७२५

३१) अनिल फेन्सी स्टोर र माया जनरल स्टोर, धनबहादुर साउद कोपिला साउद १ करोड ९५ लाख २४ हजार ५००

३२) बडालेख हार्डवेयर एन्ड आणा पसल, मनबहादुर नाथ ४६ लाख ५४ हजार ९५०

३३) मष्टा फेन्सी स्टोर, शेरबहादुर बिष्ट ५६ लाख ९५ हजार

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?