+
+
Shares

नोक्सानमा रहेको जोशी हाइड्रोपावरले पायो हकप्रद निष्कासनको स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते ८:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रोपावरलाई २४ लाख १४ हजार १ सय हकप्रद सेयर निष्कासनको स्वीकृति दिए।
  • कम्पनीले ०.६५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ र यसको मूल्य प्रतिकित्ता ३९९ रुपैयाँ छ।
  • कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड ७८ लाख ३५ हजार रुपैयाँ नोक्सानी भोगिरहेको छ।

२७ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नोक्सानीमा रहेको र प्रतिसेयर नेटवर्थ जम्मा ४८ रुपैयाँ ५७ पैसा रहेको जोशी हाइड्रोपावरलाई हकप्रद सेयर निष्कासनको स्वीकृति दिएको छ ।

कम्पनीले १ बराबर ०.६५ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि स्वीकृति पाएको हो । कम्पनीले २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । सोमबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ३९९ रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म कम्पनी १ करोड ७८ लाख ३५ हजार रुपैयाँ खुद नोक्सानीमा छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८० पैसा ऋणात्मक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?